Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ संक्षेप

लगानी कोषले ल्यायो मोबाइल एप सेवा, बचत रकम र विवरणबारे जानकारी पाइने

२०७३ माघ २ गते

नागरिक लगानी कोषले आफ्ना बचतकर्तालाई मोबाइल एप्लिकेशनबाट बचत रकम र विवरणबारे जानकारी दिने सेवा सुरु गरेको छ । पोखराबाट शनिवारदेखि थालिएको उक्त सेवाको शुभारम्भ अर्थमन्त्रालयका राजस्व सचिव राजन खनालले गरेका कोषले बताएको छ । 

कोषले सञ्चालन गर्ने विभिन्न कार्यक्रम, कर्मचारी बचतवृद्धि, स्वीकृत अवकाश कोष, निजामती सावधिक जीवन बीमा, शिक्षक, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीे र नार्कका कर्मचारीको सावधिक जीवन बीमाअन्तरगत जम्मा भएको रकमको विवरण र ऋण सापटी तथा बचत रकमको विवरण उक्त एप्समार्फत प्राप्त गर्न सकिनेछ ।

कोषका अनुसार एनरोइड मोबाइल प्रयोगकर्ता सेवाग्राहीले प्लेस्टोरमा गएर CIT Mobile App डाउनलोड गर्नुपर्नेछ । रासस