Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ संक्षेप

लिबर्टी इनर्जी कम्पनीको सातौँ वार्षिक साधारणसभा सम्पन्न

२०७३ पुष २८ गते

यस लिबर्टी इनर्जी कम्पनी लि. थापाथली, काठमाण्डौको सातौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । बुधबार (पुस २७ गते) सम्पन्न उक्त साधारण सभाबाट सञ्चालकमा कुशकुमार जोशी, डा. आत्माराम घिमिरे, शुसिल थापा, राम बहादुर पाण्डे र राजेन्द्र वस्ती निर्विरोध निर्वाचित भएका छन् । साथै निर्वाचित संचालकहरु मध्येबाट संचालक अध्यक्षमा कुशकुमार जोशी र प्रबन्ध संचालकमा डा. आत्माराम घिमिरे नियुक्त भएका छन् । कम्पनीले आगामी ४ वर्षे कार्यकालका लागि सञ्चालकहरु नियुक्त गरेको हो ।

यस कम्पनीले २ वटा जलविद्युत आयोजनालाई अगाडी बढाईरहेको छ । जसमध्ये लमजुङ जिल्लामा रहेको २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी “ए” जलविद्युत आयोजनाको निर्माण कार्य करिब ३०% सम्पन्न भईसकेको छ । यो आयोजना २०७५ आषाढ सम्ममा सम्पन्न गर्ने लक्ष्य कम्पनीको छ । त्यस्तै, कम्पनीले बाग्लुङ र गुल्मी जिल्लामा रहेको बडीगाढ खोलामा २१ मेगावाट क्षमताको बडिगाढ खोला जलविद्युत आयोजनाको सर्वेक्षण अनुमतिपत्र प्राप्त गरी अध्ययनको कार्य समेत गरिरहेको छ ।