Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
बैंकिङ संक्षेप

‘इच्छाशक्तिको कमीले मुलुकको विकास हुन सकेन’ 

२०७३ पुष २५ गते

बैंकर्स संघका अध्यक्ष अनिल केशरी शाहले नेपालमा सम्भवना धेरै भएर पनि नेपालीले चिन्न नसकेको बताएका छन् । अनेरास्ववियु पब्लिक युथ क्याम्पसद्धारा आयोजित एक कार्यक्रममा बोल्दै मेगा बैंकका सीईओ समेत रहेका शाहले नेपालीहरुमा इच्छाशक्तिको नै कमी भएको बताए । ‘नेपालमा सबै थोक छ’ उनले भने, ‘तर यहाँ इच्छाशक्ति पाउन गाह्रो छ ।’

नेपालको विकास नहुनुमा राजनीतिक नेताहरुको मात्र नभई समग्र जनताको पनि कमजोरी रहेको उनले बताए । नेतृत्वपंक्ति र पब्लिकले समेत बोल्ने मात्र तर काम नगर्ने परिपार्टी रहेको उनको भनाई थियो ।

पब्लिक युथ क्याम्पसका विद्यार्थीमा वित्तीय क्षेत्रसम्बन्धी चेतना जगाउन पुगेका शाहले कार्यक्रममा समग्र बैंकिङ प्रणाली र नेपालमा आर्थिक संमृद्धिका लागि आमयुवा र नेपालीको भुमिकाको विषयमा प्रकाश पारेका थिए । साथमा उनले कार्यक्रममा सहभागी विद्यार्थीहरुलाई आआफ्नो रुचिअनुसार पेशा तथा व्यवसायमा लाग्न सुझाव समेत दिए ।