Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ संक्षेप

‘विशेष सेवा सम्मान २०७३’बाट रामचन्द्र जोशी सम्मानित

२०७३ पुष २४ गते

छिमेक लघुवित्त विकास बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र जोशी फोकस नेपाल संस्थाद्वारा आयोजित विशेष समारोहमा “विशेष सेवा सम्मान २०७३” द्वारा सम्मानित भएका छन् । विभिन्न विधामा सम्मानित व्यक्तित्वहरुलाई सहरी विकास मन्त्री अर्जुन नरसिंह केसीले राजधानीमा आयोजित कार्यक्रममा सम्मानपत्र प्रदान गरेका हुन् । जोशीले लामो समयदेखि अत्यन्त निष्ठा र समर्पणका साथ वरिष्ठ आर्थिक व्यवस्थापकका रुपमा नेपाली नागरिकहरुको सेवामा सक्रिय रहँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न आर्थिक, सेवामुलक तथा सामाजिक संघ संस्थामार्फत राष्ट्र विकास र सामाजिक सेवामा पुर्याएको योगदान चिरकालसम्म प्रशंसनीय र अतुलनीय रहने भन्दै यो सम्मान प्रदान गरिएको हो । 

उनी २०५१ सालदेखि नेपालको लघुवित्त क्षेत्रमा क्रियाशील छन् । छिमेक लघुवित्तमा स्थापनाकाल देखि नै उनी कार्यकारी प्रमुखको रुपमा कार्यरत छन् ।

छिमेक लघुवित्त विकास वैंकले हाल ६१ वटा जिल्लामा रहेका १२२ वटा शाखा कार्यालयका माध्यमवाट झन्डै तीन लाख गरीब तथा पिछडिएका घरपरिवारलाई लघुवित्तका माध्यमवाट सेवा पुर्याइरहेको छ ।