Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ संक्षेप

‘भ्रष्टाचार र अनियमितता रोक्न वित्तीय ज्ञान जरुरी’

२०७३ पुष २० गते

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले सबै क्षेत्रमा मानिसलाई वित्तीय साक्षरता आवश्यक रहेको बताएका छन् । अनेरास्ववियु पब्लिक युथ क्याम्पसद्धारा आयोजित एक कार्यक्रममा बोल्दै उनले वित्तीय साक्षरता पैसा आर्जन गर्ने र सो रकमको सदुपयोग गर्ने ज्ञानसँग सम्बन्धित भएको र यो सबै क्षेत्र र वर्गका मानिसलाई आवश्यक भएको प्रष्ट पारे ।

भ्रष्टाचार र अनियमितता रोक्न समेत वित्तीय साक्षरता जरुरी भएको उनको भनाई थियो । सिवाकोटीका अनुसार, अझै पनि ६० प्रतिशत नेपाली बैंकिङ पहुँच बाहिर रहेका छन् ।