१० प्रतिशत बोनस सेयर र सत्प्रतिशत् राईट सेयर जारी गरि लक्ष्मीले चुक्ता पुँजी २२ करोड पुर्याएको हो । ७० प्रतिशत सेयर आफ्नै स्वामित्वमा र ३० प्रतिशत सेयर पब्लिक तथा कर्मचारीहरुको स्वामीत्वमा हुने गरि पुँजी निर्माण गरिएको लक्ष्मी लघुवित्तका प्रमुख कार्यकारी अधिकृत प्रकाश राज शर्माले जानकारी दिए ।
लक्ष्मी लघुवित्तले उठाउनुपर्ने कर्जा १ अर्ब ६० करोड भन्दा बढी छ भने निक्षेप ४७ करोड रहेको छ । यो संस्था २१ प्रतिशत नाफा वितरण गर्न सफल पनि भएको छ । अघिल्लो वर्ष राम्रो मुनाफा गरेको यस संस्थाले चालु आर्थिक वर्षको अन्त्यसम्म पनि रामै्र प्रतिफल दिने आशा गरिएको सीईओ शर्माले बताए । लक्ष्मी लघुवित्तले खासगरी कृषि र पशुपालनको क्षेत्रमा बढी लगानी गर्दै आएको छ । पछिल्लो समयमा यस संस्थाले महीनादिनमै २५ करोडको हाराहारीमा लगानी गरेको छ । चालु आर्थिक वर्षमा मात्रै यो लघुवित्तको लगानी २ अर्ब भन्दा बढी छ ।
४७ हजार ग्राहक रहेका यस लघुवित्तको ४० ओटा शाखा सञ्चालनमा छन् । ०६७ साल देखि सञ्चालनमा आएको लक्ष्मी लघुवित्त वित्तीय संस्थाले हालसम्म ३२ जिल्लामा आफ्नो सेवा विस्तार गरिसकेको छ ।