
बैंकिङ खबर/प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले सेयरधनीहरुलाई ८.४२१ % लाभांश बाँड्ने प्रस्ताव गरेको छ। कम्पनीको १७ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो।
आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरणअनुसार सो वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ८ प्रतिशत बोनस सेयर र त्यसमा लाग्ने कर प्रयोजनको लागि ०.४२१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरिएको कम्पनीले उल्लेख गरेको छ।
यसका लागि नेपाल बीमा प्राधिकरणसमक्ष लेखिपठाउने र त्यहाँबाट स्वीकृति पाएपछि बस्ने कम्पनीको आगामी वार्षिक साधारणसभामा पारित भएपछि सेयरधनीले पाउनेछन्।
