Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

नेपाल लाइफ इन्स्योरेन्स र हिमालय स्पोर्ट्सबीच फिफा विश्वकप २०२६ प्रसारणका लागि सहकार्य

२०८३ असार ४ गते

बैंकिङ खबर / नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा आयोजना हुने फिफा विश्वकप २०२६ को प्रसारणका लागि हिमालय स्पोर्ट्ससँग सह–प्रायोजकका रूपमा सहकार्य गरेको छ । यस सहकार्यअन्तर्गत नेपाल लाइफ इन्स्योरेन्स फिफा विश्वकप २०२६ को आधिकारिक प्रसारणमा हिमालय स्पोर्ट्स टिभी तथा DIGO App मार्फत सहभागी हुनेछ ।

विश्वकै सर्वाधिक लोकप्रिय खेलकुद प्रतियोगितामध्ये एक फिफा विश्वकप २०२६ को प्रसारणसँग जोडिन पाउनु नेपाल लाइफका लागि महत्वपूर्ण अवसर भएको कम्पनीले जनाएको छ । खेलकुदमार्फत विश्वभरका मानिसहरूलाई एकताबद्ध गर्ने यस प्रतिष्ठित प्रतियोगितासँग आफ्नो उपस्थिति जोड्दै कम्पनीले खेलप्रेमी दर्शकहरूसँग थप नजिक हुने विश्वास व्यक्त गरेको छ ।

यस अवसरमा नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण रमण पराजुलीले फिफा विश्वकप २०२६ को प्रसारणमा हिमालय स्पोर्ट्ससँग सह–प्रायोजकका रूपमा सहकार्य गर्न पाउँदा कम्पनी गौरवान्वित भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “विश्वकै सर्वाधिक लोकप्रिय खेल महोत्सव फिफा विश्वकप २०२६ को प्रसारणमा हिमालय स्पोर्ट्ससँग सह–प्रायोजकका रूपमा सहकार्य गर्न पाउँदा हामी गौरवान्वित छौं । विश्वभरका अर्बौं दर्शकहरूको आकर्षणको केन्द्र रहने यस प्रतिष्ठित प्रतियोगिताले खेलकुदमार्फत मानिसहरूलाई एकताबद्ध गराउँछ। यस ऐतिहासिक खेल महोत्सवसँग आफ्नो उपस्थिति जोड्न पाउनु हाम्रो लागि गर्वको विषय हो ।”

उहाँले यस सहकार्यले नेपाली दर्शकहरूमाझ विश्वकपको उत्साह अझ नजिकबाट अनुभव गराउन सहयोग पुग्ने तथा नेपाल लाइफको ब्राण्डलाई देशभरका खेलप्रेमीहरूसँग थप सशक्त रूपमा जोड्ने विश्वास व्यक्त गर्नुभयो ।

फिफा विश्वकप २०२६ को प्रसारणसँगको यो सहकार्यले नेपाल लाइफ इन्स्योरेन्सको ब्राण्ड प्रवर्द्धनसँगै खेलकुद र मनोरञ्जन क्षेत्रमार्फत ग्राहक तथा आम दर्शकसँगको सम्बन्ध थप विस्तार गर्ने अपेक्षा गरिएको छ ।