उपकार लघुवित्तद्वारा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता तालिम सम्पन्न

बैंकिङ खबर/ उपकार लघुवित्त वित्तीय संस्था लि.द्वारा बर्दिया जिल्लामा अवस्थित सितलाबजार शाखा र बाँके जिल्लामा अवस्थित फत्तेपुर शाखाद्वारा संचालित केन्द्रका केन्द्र प्रमुख तथा सदस्यबीच सशक्तिकरण तथा वित्तीय चेतनाका लागि केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता तालिम सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै बढैयाताल गाउँपालिका वडा न. २ का वडा अध्यक्ष डिला देव गिरीले यस संस्थाले […]


अवाञ्छित गतिविधि नियन्त्रण गर्न लघुवित्त बैंकर्स संघको माग

बैंकिङ खबर/ लघुवित्त वित्तीय संस्थाका कर्मचारीमाथि विभिन्न ठाउँमा भइरहेका कुटपिट लगायतका घटनामा नेपाल लघुवित्त बैंकर्स संघले ध्यानाकर्षण भएको जनाएको छ । संघले आज एक विज्ञप्ति जारी गरि लघुवित्तका कर्मचारीहरुलाई कुटपिट तथा अवाञ्छित गतिविधिहरु हुने क्रम भइरहेको भन्दै दोषीलाई कारबाही गर्न माग गरेको छ । संघले २०८० चैत्र १४ गते बुधबार दिउँसो २ बजे महुली लघुवित्त […]


ग्लोबल मनी वीक : नेशनल लघुवित्तद्वारा वित्तीय साक्षरता सम्पन्न 

  बैंकिङ खबर/नेशनल लघुवित्त वित्तीय संस्था लि.शाखा कार्यालय बेलैरी,कन्चनपुरले ग्लोवल मनी वीकको अवसर पारी आफ्ना सदस्यहरुलाई वित्तीय साक्षरता तथा अन्तरक्रीया कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले शनिवार वेलडाडी गा.पा. वडा नं. ०२ स्थित महाकाली सिँचाइ कार्यालयको तालिम हलमा आयोजना गरिएको कार्यक्रममा संस्थाको समुह नं. ९८ को समुह अध्यक्ष महारानी रानाको सभापतित्व तथा संस्थाको अनुगमन कार्यालय […]


ग्रामीण विकास लघुवित्त संस्थाद्वारा देशका विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

बैंकिङ खबर/ ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आयोजनामा देशका विभिन्न स्थानहरुमा वित्तीय साक्षरता तालिम कार्यक्रम सञ्चालन भएको छ । संस्थाद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय पहुँचबाट बाहिर रहेका लक्षित वर्गहरुको पहिचान गरी विभिन्न शाखा कार्यालयहरुको संयोजनमा वित्तीय साक्षरता तालिम कार्यक्रम सञ्चालन गरिएको हो ।     नेपाल राष्ट्र बैंकको राष्ट्रिय संयोजनमा देशभर ग्लोबल मनि […]


वित्तीय सचेतना र्‍यालीमा सहभागिता

बैंकिङ खबर/ ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड  वित्तीय सचेतना र्‍यालीमा सहभागी भएकाे छ । नेपाल राष्ट्र बैंकको राष्ट्रिय संयोजनमा विगत वर्षहरु जस्तै यस वर्ष पनि विविध कार्यक्रमको आयोजना गरी देशभर Global Money Week–024 मनाउने सप्ताहव्यापी अभियान अन्तर्गत चैत्र ६ गते नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयको परिसरमा जम्मा भइ नगरका विभिन्न स्थानहरुमा परिक्रमा गरी वित्तीय […]


हिमालयन लघुवित्तद्वारा ग्लोबल मनि वीकमा वित्तीय साक्षरता सम्पन्न

बैंकिङ खबर/हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड (हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी) ले चैत ५ देखि २०८०/१२/११ (१८–२४ मार्च २०२४) सम्मGlobal Money Week (GMW) – 2024 को उपलक्ष्यमा वित्तीय साक्षरता सम्बन्धी विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ । वित्तीय साक्षरता अन्तर्गत केन्द्रीय कार्यालय लगायत ३२ जिल्लामा अवस्थित ७५ शाखा कार्यालयहरुले युवा लक्षित वित्तीय साक्षरता सम्बन्धी विशेष कार्यक्रमहरु […]


Global Money Week : गेरुवा लघुवित्त कर्मचारी मन्चद्वारा वित्तीय जागरण कार्यक्रम सम्पन्न

बैंकिङ खबर/राजापुर गेरुवा लघुवित्त कर्मचारी मन्चले Global Money Week 2024 को अवसरमा ३० वटा लघुवित्त संस्थाहरूको संयुक्त सहकार्यमा वित्तीय जागरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा ३६५ जनाको उपस्थिति रहेको थियो। जसमा प्रथम चरणको मौन शान्तिपुर्ण रयाली मानपुर टपरा बजारमा भएको थियो। दोस्रो चरणको र्याली राजापुर बजार परिक्रमा गर्ने क्रममा डाइमन्ड होटल एण्ड पार्टी प्यालेस […]


साधना लघुवित्तद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

बैंकिङ खबर/विश्वव्यापी रुपमा मनाईरहको Global Money Week 2024 को अवसरमा साधना लघुवित्त वित्तिय संस्था लि को आयोजना तथा सदर हरमटारी टोल विकास संस्थाको समन्वयमा युवा लक्षित बित्तीय साक्षरता कार्यक्रम गोरखा नगरपालिकाको वडा नं ६ मा सम्पन्न भएको छ । protect your money, save your future भन्ने मुलनाराको साथ सञ्चालित यो कार्यक्रम सदर हरमटारी टोल विकास […]


ग्लोबल मनि वीक : सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा ‘वित्तीय सचेतना र्‍याली’ सम्पन्न

बैंकिङ खबर/ तनहुँ बन्दिपुर–१ डुम्रेमा केन्द्रीय कार्यालय रहेको सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले ‘वित्तीय सचेतना र्‍याली’ सम्पन्न गरेको छ । संस्थाका आफ्ना ५ जना युवा महिला ग्राहक सदस्यहरु, चितवन जिल्ला भरतपुर महानगरपालिका–२० भिमनगर स्थित भिमनगर माध्यमिक विद्यालयका कक्षा ११ र कक्षा १२ मा अध्ययनरत ४४ जना विद्यार्थीहरु, २ जना शिक्षक, ३ जना संस्थाको ज्योतिनगर शाखाका […]


ग्लोबल मनि विक : आरम्भ चौतारी लघुवित्तद्वारा वित्तीय साक्षरता तालिम सम्पन्न

  बैंकिङ खबर/ काभ्रेपलाञ्चोक जिल्ला बनेपामा केन्द्रीय कार्यालय रहेको आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले ६ वटै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको गण्डकी प्रदेशले टुहुरेपसल र मिर्मि शाखामा, लुम्विनी प्रदेशले लालमटिया, गढवा, दोभान, शंकरपुर, सैनामैना र सम्झनाचोक शाखामा, वाग्मति प्रदेशले खुर्कोट र मन्थली शाखामा, मधेश प्रदेशले कुश्माहर, लक्ष्मीनिया, कठुधारा, देवाहीगोनाही, रामजानकीचोक, […]