बैंकिङ खबर / विगत ५ बर्षदेखि सुरु भएको लघुवित्त विरुद्धको आक्रमण गैरकानूनी हो भनेर भन्न पनि सर्बोच्चको आदेश नै कुर्नुप्यो । लघुवित्त विरुद्धका हर्कतहरुले समग्र वित्तीय प्रणालीमा गम्भीर संकट निम्त्याएको सर्बोच्च अदालतको फैसलाले उल्लेख गरेको छ । सबोच्चले लघुवित्त विरुद्ध संघर्ष समिति का नाममा भएका गतिविधिहरु अराजक भएको उल्लेख गरेको छ । न्यायाधीशद्वय हरिप्रसाद फुँयाल र बालकृष्ण ढकालको संयुक्त इजलासले उक्त फौसला गरेको हो । अधिवक्ता सुवास पाठक, दिपेश ढकाल, सदिन कार्की लगायतले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले ‘लघुवित्त विरुद्ध सङ्घर्ष समिति’ नामक समूहका नामबाट भएका क्रियाकलापहरूले नेपालको समग्र वित्तीय प्रणाली र ग्रामीण अर्थतन्त्रमा गम्भीर संकट निम्त्याएको उल्लेख छ ।
केन्द्रीय बैंक जस्तो जिम्मेवारी निकायको मौनताले कैयौं लघुवित्तका कर्मचारीहरु कुटीए । कैयौ शाखाहरु सन्त्रासमा रहे । नियामक निकायका रुपमा रहेको नेपाल राष्ट्र बैंकलाई बैंकवित्तका कर्मचारी कुट्नु र उनीहरु विरुद्ध आन्दोलन हुन गैरजिम्मेवार हो, अपराधिक घटना हो भनेर भन्न पनि सर्बोच्च अदालतमा मुद्धा दर्ता गर्नुपर्ने कत्ति लाजमर्दो कुरा हो ?
केही समय अघि देवी संग्रौला पक्राउ परेका छन् । उनले दुर्गा प्रसाईसँग मिलेर बैंक वित्तको ऋण नतिर्ने अभियान चलाइरहेका थिए । केन्द्रीय बैंकले रमिता हेरिरहेपछि संग्रौलालाई पक्राउ गर्न पनि बालेन सरकार नै पर्खनुपर्यो। बैंकवित्तबाट कर्जा निकाल्ने । अनि कर्जा तिर्नु पर्दैन भन्दै आन्दोलन गर्ने । एउटा ठुलो जमात छ कर्जा लिएर नतिर्नका लागि उक्साउने, कर्मचारीमाथि कुटपीट गर्ने, कालो मोशो दल्ने र कानुन आफ्नो हातमा लिने । मुलुकमा झण्डै १७ सय कर्मचारी रहेको नियमनकारी निकाय नेपाल राष्ट्र बैंक छ । धेरैलाई थाहा नहुन सक्छ लघुवित्तको नियमनकारी निकाय नेपाल राष्ट बैंक हो । गाउँगाउँमा लघुवित्तका कर्मचारीहरु कर्जा उठाउन डराउँछन् । सुन्दै जिउ सिरिङग हुने । तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको कार्यकालमा २०७८ सालबाट सुरु भएको थियो यस्तो हवीगत । झापामा व्यवसायी दुर्गा प्रसाईंले कर्मचारीलाई कर्जा उठाउन आए च्याप्प समाउने र मोसो दलिहाल्ने अभिव्यक्ति दिएका थिए । लगत्तै जाजरकोटमा एनआईसी एसिया लघुवित्तका कर्मचारीलाई कालोमासो दलियो। मोरङको कर्सियामा जीवन विकास लघुवित्तका कर्मचारी कुटीए । झापामा अभियान लघुवित्तका कर्मचारीमाथि कालोमोसो दलियो । घटनाहरु लगातार भइरहे । सप्तरीको रुपनीमा ज्योति विकास बैंकका कर्मचारीलाई कालो मोशो दलियो संखुवासभा, सप्तरी, कपीतबस्तु, कैयौं ठाउँमा लगातार कुटाई खाइरहे कर्मचारीहरू। मुलुकमा बेरोजगारीको एउटा बथान छ । कर्जा लिएर नतिर्नेको अर्को बथान । अनी उनीहरुलाई बटुलेर राजनीति गर्ने दाउमा छ अर्को बथान । आज नेपालको सहकारी क्षेत्रमा कर्जा लिनेले नतिरेपछि सहकारी संचालकहरु भाग्नुपरेको छ । सरकारलाई सहकारी सम्हाल्न जटिल भएको छ। भुसको आगोजस्तै भोलि बैंकवित्तमा पनि कर्जा लिनेले नतिर्ने हो भने संचालकहरु भाग्नै पर्ने हुन्छ । यसर्थ केन्द्रीय बैंकले बेलैमाथि कान सुनोस् आँखा देखोस र काम गरोस् ।
लघुवित्तमाथि पटकपटक भएको आक्रमण बैंकसम्म पुग्यो ! केन्द्रीय बैंकका आँखा कहिले खुल्छ ?


