Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

नेपाल लाइफ इन्स्योरेन्सको एएमएल/सीएफटी प्रशिक्षण कार्यक्रम

२०८३ जेष्ठ १८ गते

बैंकिङ खबर / नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्य तथा आम विनाशकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारण (AML/CFT/CPF) सम्बन्धी एक विशेष प्रशिक्षण कार्यक्रम काठमाडौंमा सफलतापूर्वक सम्पन्न गरेको छ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक एवं सम्पत्ति शुद्धीकरण निवारण क्षेत्रका विज्ञ डा. हरि कुमार नेपालले सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धमा बीमा क्षेत्रको समसामयिक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी व्यवस्थाहरू र सोको व्यवहारिक कार्यान्वयन सम्बन्धमा प्रस्तुती गर्नुभएको थियो। उक्त प्रशिक्षण कार्यक्रममा कम्पनीका सञ्चालक समिति पदाधिकारी, आधारभूत शेयरधनी, उच्च व्यवस्थापन र विभागीय प्रमुखहरूको सहभागिता रहेको थियो।