Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ संक्षेप

उत्कृष्ट एजेन्ट साझेदारलाई आईएमईले थाइल्याण्ड घुमायो

२०७३ पुष ४ गते

आईएमई लिमिटेडले आफ्ना १० उत्कृष्ट व्यावसायीक साझेदारहरुलाई थाईल्याण्ड भ्रमण गराएको छ । २०७२ साल पौषदेखि २०७३ साल असारसम्म कारोबार लगायत अन्य मापदण्डका आधारमा १० उत्कृष्ट व्यवसायीक साझेदारहरु उक्त भ्रमणमा समेटिएका थिए । 

आफ्नो स्थापना देखि नै रेमिट्यान्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्याउन प्रतिबद्ध आईएमईसँग नेपालका सहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी १ सय ४९ आईएमई सेन्टर सहित ७५ जिल्लाका ५,४०० सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् रेमिट्यान्स सेवा प्रदान गर्दै आइरहेको छ । आईएमई हालै ‘सुलिभान एण्ड फ्रोस्ट’ द्वारा ‘वेष्ट रेमिटेन्स कम्पनी अवार्ड – २०१६’ बाट सम्मानित भएको छ ।