बैंकिङ खबर/ नेपाल बीमा प्राधिकरणले गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको साधारणसभा रोकेको छ। इन्स्योरेन्सले वैशाख ५ गते (भोलि)का लागि साधारणसभा बोलाएको थियो।
साधारणसभाको अन्तिम तयारीबीच प्राधिकरणको नियमन विभागले २ गते पत्र पठाउँदै तत्काल साधारणसभा नगर्न निर्देशन दिएको थियो। प्राधिकरणको निर्देशनपछि शुक्रबार गर्ने भनिएको साधारणसभा अनिश्चितकालका लागि स्थगित भएको छ। प्राधिकरणले के कुरामा साधारणसभा रोक्यो भन्ने कुरा खुलाइएको छैन।