Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ संक्षेप

ग्लोबल आइएमई बैंकलाई ‘बेष्ट इन्टरनेट बैंक’ अवार्ड

२०७३ पुष २ गते

global-ime

ग्लोबल आइएमई बैंक ‘बेष्ट इन्टरनेट बैंक २०१६ – नेपाल’ अवार्डबाट सम्मानित भएको छ । लण्डनबाट प्रकाशित हुने प्रसिद्ध म्याग्जिन “इन्टरनेशनल फाइनान्स म्यागजिन” द्वारा  अवार्डबाट सम्मानित भएको छ । सिगांपुरमा आयोजना भएको एक विशेष कार्यक्रमका बिच बैंकका अध्यक्ष श्री चन्द्र प्रसाद ढकाल तथा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री अनिल ज्ञावलीे ले सो पुरस्कार ग्रहण गर्नु गरेका थिए । ग्लोबल आइएमई बैंकलाई गुणस्तरिय इन्टरनेट बैंकिङ्ग सेवा प्रदान गरेको आधारमा उक्त सम्मानद्धारा सम्मानित गरेको हो । ग्लोबल आइएमई बैंके नेपाली भाषा (देवनागिरिमा) इन्टरनेट बैंकिङ्ग सेवा प्रदान गर्ने नेपालमा पहिलो बैंक हो । बैंकले आफ्ना ग्राहकहरु माझ सहज बैंकिङ्ग सेवा प्रदान गर्ने लक्ष्यले अत्याधुनिक प्रबिधियुक्त सुरक्षित ग्लोबल अनलाईन इन्टरनेट बैंकिङ्ग तथा ग्लोबल स्मार्ट मोबाइल बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।