Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

प्राधिकरणका निर्देशकको जिम्मेवारी हेरफेर

२०८१ चैत्र १४ गते

 


बैंकिङ खबर/ नेपाल बीमा प्राधिकरणले निर्देशकहरूको जिम्मेवारी हेरफेर तथा नवनियुक्त निर्देशकहरूको पदस्थापना गरेको छ । प्राधिकरणले बिहीबारदेखि लागू हुने गरी निर्देशकहरूको जिम्मेवारी हेरफेर गरी निर्देशक कमल प्रसाद रेग्मीलाई कानून महाशाखा र निर्देशक पूजन ढुंगेल (अधिकारी) लाई अनुसन्धान महाशाखाको जिम्मेवारी दिएको छ ।

यसैगरी, हालै निर्देशकमा बढुवा भएका निर्देशक शाम्बराज लामिछानेलाई नियमन महाशाखा, निर्देशक ध्रुव तिमिल्सिनालाई सुपरीवेक्षण महाशाखा, निर्देशक निर्मल अधिकारीलाई बीमालेख महाशाखा र निर्देशक कुन्दन सापकोटालाई व्यवस्थापन महाशाखाको जिम्मेवार सम्हाल्ने गरी पदस्थापना गरिएको छ ।