Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

बीमा प्राधिकरणको अध्यक्षमा १२ जनाको आवेदन

२०८१ माघ ११ गते

बैंकिङ खबर/ नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि १२ जनाले आवेदन दिएका छन्। छनौट समितिले दिएको अन्तिम दिन आज १२ जनाको आवेदन परेको हो। आवेदन दिनेहरूमा कमलप्रसाद रेग्मी, डा.देवराज रोका, शरद ओझा, चिरन्जिवी चापागाइ, विष्णु वावु मिस्र, वुद्ध काजी श्रेष्ठ, दामोदर वसैला, डिमप्रसाद पौडेल, राम शरण पुडाशैनी, विक्रान्त पाण्डे, रमण नेपाल, विनोद काजी श्रेष्ठ रहेका छन्।

तत्कालीन अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेसँगै प्राधिकरण अध्यक्षविहीन बनेको थियो। यसअघि मन्त्रालयले गत पुस २६ मा नेपाल बीमा प्राधिकरणको रिक्त सञ्चालक समितिको अध्यक्ष पदमा खुल्ला प्रतिस्पर्धाबाट पदपूर्तिका लागि सार्वजनिक आह्वान गरेको थियो। पहिलो पटक प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन भनिएको थियो।