Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ संक्षेप

अब मोबाइल एप्लिकेसन डेभलपमेन्ट पढ्न विदेश जानुनपर्ने 

२०७३ मंसिर २३ गते

mobile-appनेपालमा पनि स्नातक तहको मोबाइल एप्लिकेसन डेभलपमेन्ट विषयको अध्ययन अध्यापन हुने भएको छ । कमलपोखरीमा रहेको इस्लिङ्टन कलेजले बेलायतको मेट्रोपोलिटियन विश्वविद्यालयको सहकार्यमा नेपालमा पहिलो पटक आगामी शैक्षिकसत्रदेखि अन्तर्राष्ट्रियस्तरमा सो विषयमा पठनपाठन सञ्चालनमा ल्याउन लागेको हो । यसका लागि इस्लिङ्टन कलेजका अध्यक्ष सुलभ बुढाथोकी र मेट्रोपोलिटियन विश्वविद्यालयका उपकुलपति प्रा जोन र्याफ्टेरी बीच आपसी सहमति समेत भएको छ ।

उक्त विषयमा सिमेस्टर सिस्टममा पढाई हुने र तीन वर्षमा अध्ययन सम्पन्न हुने बताइएको छ । दश जोड दुई तहमा व्यवस्थापन तथा विज्ञान विषय अध्ययन पूरा गरेका छात्राछात्राले सो विषय अध्ययन गर्न योग्य हुने छन् ।