Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ संक्षेप

मेलम्चीमा भेटियो पहेँलो पद्धार्थ, सुन भएको आशंका 

२०७३ मंसिर १७ गते

मेलम्ची आयोजनाको हेडवक्र्स निर्माणको क्रममा पहेँलो पद्धार्थ भेटिएपछि सुन हुन सक्ने भन्दै निर्माणको काम स्थगित गरिएको छ । मेलम्ची नदी छेउको पहाड काट्ने क्रममा पहेँलो पदार्थ भेटिएपछि सुरक्षाको कारण भन्दै काम तत्कालका लागि रोकिएको हो । पहाड काट्दा निस्किएको माटोमा चम्किलो पहेँलो कणहरु देखिएका थिए । त्यो पदार्थ के हो भन्ने त्यहाँ खटिएका इञ्जिनियरले पत्ता लगाउन सक्ने अवस्था नभएपछि उक्त क्षेत्रलाई प्रहरीको सुरक्षा घेराभित्र राखिएको छ ।