जीवन विकास समाज लघुवित्तका कर्मचारी घनश्याम बहदारमाथि गोली प्रहार भएको छ । मोरङको सोराभागमा बुधबार रंगेली नगरपालिका ११ का ३७ वर्षीय घनश्याममाथि गोली प्रहार भएको हो । गोली प्रहारबाट घाइते बहदारको विराटनगरको एक अस्पतालमा अहिले उपचार भइरहेको छ । जीवन विकासका कर्मचारी घनश्इामकोे खुट्टामा गोलि लागेको प्रहरीले जनाएको छ । घनश्याम जीवन विकास समाज नामक लघुवित्तमा पैसा संकलन गर्ने कर्मचारी हुन्। लघुवित्तकै पैसा संकलन गर्नका लागि मोटरसाइकलमा कर्सिंया बजारतर्फ आउँदै गर्दा उनीमाथि मोटरसाइकलमा आएका दुई जनाले सोराभाग १ मा गोली प्रहार गरेको प्रहरी ले जनाएको छ ।
