नेपालमा पनि स्नातक तहको मोबाइल एप्लिकेसन डेभलपमेन्ट विषयको अध्ययन अध्यापन हुने भएको छ । कमलपोखरीमा रहेको इस्लिङ्टन कलेजले बेलायतको मेट्रोपोलिटियन विश्वविद्यालयको सहकार्यमा नेपालमा पहिलो पटक आगामी शैक्षिकसत्रदेखि अन्तर्राष्ट्रियस्तरमा सो विषयमा पठनपाठन सञ्चालनमा ल्याउन लागेको हो । यसका लागि इस्लिङ्टन कलेजका अध्यक्ष सुलभ बुढाथोकी र मेट्रोपोलिटियन विश्वविद्यालयका उपकुलपति प्रा जोन र्याफ्टेरी बीच आपसी सहमति समेत भएको छ ।
उक्त विषयमा सिमेस्टर सिस्टममा पढाई हुने र तीन वर्षमा अध्ययन सम्पन्न हुने बताइएको छ । दश जोड दुई तहमा व्यवस्थापन तथा विज्ञान विषय अध्ययन पूरा गरेका छात्राछात्राले सो विषय अध्ययन गर्न योग्य हुने छन् ।


