"> बैंकिङ मुभमेन्ट – Page 11 – Banking-Khabar

किन हटाइए नेपाल इन्स्योरेन्स कम्पनीका सीईओ ?

कम्पनीमा नियुक्त हुँदा दिइएको जिम्मेवारी पूरा गर्न नसकेको भन्दै नेपाल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदसँग व्यवस्थापन समितिले करार भङ्ग गरेको छ । सञ्चालक समितिको यही असार १७ गतेको बैठकले प्रमुख कार्यकारी अधिकृत साउदसँगको करार सम्झौता समाप्त गर्ने निर्णय गरेको बोर्ड सचिव चन्द्रनाथ उप्रेतीले जानकारी दिए ।  सञ्चालक समितिले उनलाई २०७१ साल माघमा चार


फस्र्ट माइक्रोफाइनान्सको निर्देशकमा उमेश कटुवाल

फस्र्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैङ्क लिमिटेडको निर्देशकमा उमेश कुमार कटुवाल नियुक्त भएका छन् । बैङ्कको आइतबार (असार १९ गते) सम्पन्न भएको सञ्चालक समितीको बैठकले सो निर्णय गरेको बताइएको छ । फस्र्ट माइक्रोफाइनान्स नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजतप्राप्त वित्तीय संस्था हो । बैङ्कले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा ३ करोड ८० लाख रुपैयाँ खुद मुनाफा आर्जन


एसबीआई बैंकको सञ्चालक समितिको अध्यक्षमा आचार्य

नेपाल एसबीआई बैंकको सञ्चालक समितिको अध्यक्षमा कर्मचारी सञ्चय कोषका प्रशासक कृष्ण प्रसाद आचार्य चयन भएका छन् । सोमबार बसेको बैंकको सञ्चालक समितिको बोर्ड बैठकले आचार्यलाई अध्यक्ष चयन गरेको हो ।    यस अघि बैंकको अध्यक्ष रहेकी हसनादेवी शर्मा कोषबाट सेवा निबृत्त भएपछि प्रशासक आचार्य नै बैंक सञ्चालक समितिका अध्यक्ष भएका हुन् । नेपाल एसबीआई बैंकमा


लुम्बिनी बैंकका सीईओले किन छोडे बैंक ?

लुम्बिनी बैंकका प्रमुख कार्यकारी अधिकृत शोभनदेव पन्तले बैंक छोडेका छन् । उनले आइतबार साँझ आफ्ना कर्मचारीहरुलाई ईमेल लेख्दै बैंक छाडेको जानकारी दिए । लुम्बिनीसँगको १० बर्षे यात्राबाट सोमबारदेखि अलग भएको ईमेलमा लेखेका छन् । लुम्बिनीमा कार्यकाल बाँकी छँदै सञ्चालक समितिलाई अब नबस्ने जानकारी गराएका थिए । उनकै आग्रहमा सञ्चालक समितिले पन्तलाई बाहिरिन अनुमति दिएको हो


सिद्धार्थ बैंकको सीईओमा पुनः भण्डारी

सिद्धार्थ बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्र भण्डारीको एक कार्यकाल थपिएको छ । बैंक सञ्चालक समितिले एक कार्यकाल पुरा गरिसकेका भण्डारीलाई नै अर्को कार्यकाल दिने निर्णय गरेको हो । उनी अबको एक कार्यकाल अर्थात् ४ वर्षसम्म सिद्धार्थ बैंकमा नै सीईओ भएर काम गर्नेछन् । सिद्धार्थ बैंकमा जानुअघि उनी कुमारी बैंकमा थिए ।