Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ मुभमेन्ट

सिटिजन्स बैंकको कामु सिइओमा गणेशराज पोखरेल नियुक्त 

२०७५ पुष १ गते

 बैंकिङ खबर । सिटिजन्स बैंकको नायव प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल नियुक्त भएका छन् ।  मंसिर २८ गते वसेको वैंकको संचालक समितिको २८३ औं वैठकले वैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीको कार्यकाल २०७५ पौष १६ गते समाप्त हुने भएको तर, उनी मति २०७५ पौष १ गतेवाट विदामा बसेको हुदा व्यवस्थान भए सम्मका लागि वैंकमा कार्यरत नायव प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेललाई पौष १ गतेवाट लागु हुने गरि वैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा नियुक्त  गरिएको हो । 

साथै, बैंकको प्रमुख कार्यकारी अधिकृत भण्डारीको कार्यकाल समाप्त भए पश्चात लागु हुने गरि उनलाई बैंकको संचालक समितिको प्रमुख सल्लाहकारमा नियुक्त गरिएको छ ।