Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ मुभमेन्ट

नेपाल क्लियरिङ्ग हाउसको संचालकमा समाज प्रकाश श्रेष्ठ नियुक्त

२०७५ मंसिर २६ गते

बैंकिङ खबर । नेपाल क्लियरिङ्ग हाउसको संचालकमा समाज प्रकाश श्रेष्ठ नियुक्त भएका छन् । हाउसको ११९औं संचलाक समितिको बैंठकबाट फाइनान्स कम्पनीहरुका तर्फबाट रिलायन्स फाइनान्स लिमिटेडका डेपुटी प्रमुख कार्यकारी अधिकृत श्रेष्ठलाई संचालक पदमा नियुक्त गरेको हो । 

यसअघि संचालक रहेका सुनिल पन्त आफ्नोे बैंकको प्रमुख कार्यकारी अधिकृतमा पद्दोनती भएपश्चात् नेपाल क्लियरिङ्ग हाउसको उक्त संचालक पद रिक्त भएको थियो । 

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंकका तर्फबाट १ जना, वाणिज्य बैंक तर्फबाट ३ जना, विकास बैंक, फाइनान्स कम्पनी र स्मार्ट च्वाइस टेक्नोलोजिजबाट १।१ जना गरी जम्मा ७ जनाको प्रतिनिधि रहने व्यवस्था रहेको छ ।