Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
बैंकिङ मुभमेन्ट

ग्लोबल आइएमई बैंकमा शर्माले छोडेपछि ढकाल कामु प्रमुख कार्यकारी नियुक्त

२०७५ माघ ९ गते

बैंकिङ खबर । ग्लोबल आइएमई बैंकले कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा महेश शर्मा ढकाललाई नियुक्त गरेको छ। जनक शर्मा पौडेलले राजिनामा गरेपछि ढकाल कायम मुकायम प्रमुख कार्यकारी अधिकृत बनेका हुन् । 

ढकाल तीन महिनाअघि डेपुटी प्रमुख कार्यकारी अधिकृतका रुपमा ग्लोबल आइएमइ बैंक भित्रिएका थिए । तत्कालिन टुरिजम डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत रहेका ढकाल मेगा बैंकमा गाभिएपछि तेस्रो पोजिसनमा चिफ बिजिनेस अफिसर थिए। चार्टर्ड एकाउन्टेन्टसमेत रहेका ढकालसंग  नेपाल बैंकमा काम गरेको अनुभव समेत छ । 

शर्माले भने बैंकबाट बिदा लिनुअघि आफ्ना कर्मचारीलाई इमेल मार्फत् ११ बर्ष सम्म पु-याएको सहयोगप्रति धन्यवाद दिएका छन्।