कुबेर मर्चेन्ट फाइनान्सको सीईओमा भिष्मराज चालिसे नियुक्त

बैंकिङ खबर । कुबेर मर्चेन्ट फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा भिष्मराज चालिसे नियुक्त भएका छन् । कम्पनीको पुस १४ गते शुक्रबार बसेको संचालक समितिको बैठकले चालिसेलाई सिईओ नियुक्त गरेको हो । उनी माघ १ गतेदेखि लागू हुने गरी चार वर्षे कार्यकालका लागि कुबेर मर्चेन्ट फाइनान्सको सीईओ बनेका हुन् । 


नविल बैंकको सीईओमा अनिल केशरी शाह नियुक्त

बैंकिङ खबर । पुस तेस्रो साताबाट सेञ्चुरीमा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्ने तयारीमा रहेका अनिल केशरी शाह अब नविल बैंकमा जाने भएका छन् । नविल बैंकको संचालक समितिले शाहलाई सीईओ नियुक्त गरेको छ । उनलाई सञ्चालक समितिले ४ वर्षका लागि प्रमुख कार्यकारीमा नियुक्त गरेको हो ।  तलबको विषयमा कुरा नमिलेपछि उनी सेञ्चुरी छाडेर नविल जान […]


मुक्तिनाथ विकास बैंकको अध्यक्षमा खिम प्रकाश मल्ल

बुधबार(पुस १२ गते) बसेको मुक्तिनाथ विकास बैंक लि.को सञ्चालक समितिको बैठकले सञ्चालक खिम प्रकाश मल्ललाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ । मल्ल विगत ६ वर्षदेखि मुक्तिनाथ विकास बैंकको सञ्चालक समितिका सदस्य थिए । निवर्तमान अध्यक्ष मीन प्रसाद गुरुङ्ग प्रदेश नं. ४ अन्तर्गत स्याङ्गजा जिल्ला १ (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएपछि मल्लले उक्त […]


सिभिल बैंकको अध्यक्षमा इच्छाराज तामाङ नियुक्त

बैंकिङ खबर । सिभिल बैंक लिमिटेडको संचालन समितिको अध्यक्षमा इच्छाराज तामाङ नियुक्त भएका छन् । बैंक संचालक समितिको सोमबार बसेको बैठकले यसअघि अध्यक्ष रहेका अम्बिर बोगटीको राजिनामा स्वीकृत गर्दे तामाङलाई नियुक्त गरेको हो ।  बैंक तथा वित्तीय संस्था सम्बन्धि विधेयक (बाफिया) ले सांसदहरु बैंकको सञ्चालक रहन नपाउने ब्यवस्था गरेपछि तत्कालीन अध्यक्ष तामाङले सिभिल बैंकको अध्यक्षबाट […]


आरविवि मर्चेन्ट बैंकिङको सीईओमा डा.रमेश कुमार भण्डारी नियुक्त

नेपाल सरकारको पूर्ण स्वामित्वमा संचालित राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको एक मात्र सहायक कम्पनी आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा चार बर्षका लागि डा. रमेश कुमार भण्डारी नियुक्त भएका  छन् । डा. भण्डारीले पुँजी बजारको लगानी तथा जोखिम व्यवस्थापन सम्बन्धी विषयमा विद्यावारिधि गरेका छन् । उनले यसअघि राष्ट्रिय योजना आयोगको सार्वजनिक तथा निजी साझेदारी परियोजनामा […]


सिन्धु विकास बैंकको सीईओमा रमेश जोशी नियुक्त

बैंकिङ खबर । सिन्धु विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा रमेश जोशी नियुक्त भएका छन् । बैंकको मंसिर १८ गते बसेको संचालक समितिको बैठकले जोशीलाई चार वर्षका लागि सीईओ नियुक्त गरेको हो । 


ग्लोबल आईएमई बैंकको सीईओमा जनक शर्मा पौड्याल नियुक्त

बैंकिङ खबर । ग्लोबल आइएमई बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा जनक शर्मा पौड्याल नियुक्त भएका छन् । बैंकको बुधबार बसेको संचालक समितिको बैठकले पौड्याललाई सीईओ नियुक्त गरेको हो । दुई वर्ष कार्यकाल बाँकी छँदै अनिल ज्ञवालीले बैंक छाडेपछि यसअघि कामु सीईओ रहेका पौड्याललाई सीईओ नियुक्त गरिएको हो ।  बैंकिङ क्षेत्रमा ३० वर्ष लामो अनुभव […]


रिलायन्स लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा प्रविणरमण पराजुली

रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत  प्रविणरमण पराजुली नियुक्त भएका छन् । कम्पनीले पराजुलीलाई ४ वर्ष अवधिको लागि सीईओमा नियुक्त गरेको हो । हाल नविल इन्भेष्टमेन्ट बैकिङ लिमिटेडमा प्रमुख कार्यकारी अधिकृत रहेका उनले दुई महिनामछि रिलायन्सको जिम्मेवारी समाल्ने छन् । उनी नेपाल मर्चेन्ट बैंकर्र्स संघका अध्यक्ष पनि हुन् । उनीसँग बैंकिङ र पुँजी बजार […]


कृष्णराज लामिछानेले सम्हाले महालक्ष्मी विकास बैंकको नेतृत्व

बैंकिङ खबर – विकास बैंकर्स एशोसियसनका निवर्तमान अध्यक्ष कृष्णराज लामिछानेले आइतबारदेखि महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा कार्यभार सम्हालेका छन् । बैंकको सञ्चालक समितिको बैठकले शनिबार (कात्तिक २५ गते) लामिछानेलाई सीइओ पदमा नियुक्त गरेको थियो । महालक्ष्मीमा संस्थापक प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले पदबाट राजिनामा दिएपछि बैंकको सीईओ पद रिक्त थियो ।  आइतबार बिहान १० […]


नेपाल इन्भेष्टमेन्ट बैंकको अध्यक्षमा पृथ्वीबहादुर पाँडे

बैंकिङ खबर । नेपाल इन्भेष्टमेन्ट बैंकको अध्यक्षमा पृथ्वीबहादुर पाँडे नियुक्त भएका छन् । बैंकको कात्तिक १७ गते बसेको सञ्चालक समितिको बैठकले पाँडेलाई अध्यक्षमा नियुक्त गरेको छ ।  पृथ्वीबहादुर पाँडे नेपालको बैंकिङ क्षेत्रका ‘पायोनियर’ हुन् । नेपाल राष्ट्र बैंकबाट करिअर सुरु गरेर राष्ट्रिय बाणिज्य बैंकको नेतृत्व एवं हिमालयन बैंकको स्थापना गरेका पाडेले सन् २००१ मा विदेशी […]