सिभिल बैंकको सीईओमा गोबिन्द गुरुङ नियुक्त

सिभिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा गोबिन्द गुरुङ्ग नियुक्त भएका छन् । किशोर महर्जनको पदावधि साउन १२ गते सकिएपछि गुरुङले सीईओको कार्यभार सम्हालेका हुन् । गत वैशाख १२ गते देखि का.मु. प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत गुरुङ हालका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनको पदावधि यही साउन १२ गते सकिएपछि बैंकको नेतृत्व सम्हाल्न आएका हुन् । […]


कृषि विकास बैंकको अध्यक्षमा सेंजुवाल नियुक्त

कृषि बिकास बैंक लिमिटेडको अध्यक्ष पदमा क्षेत्र बहादुर सेंजुवाल नियुक्त भएका छन् । बैंक संचालक समितिको अध्यक्ष पदमा नियुक्त भएका सेंजुवाललाई नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरंजीबि नेपालले सपथ ग्रहण गराएका छन् । उक्त अवसरमा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी शर्मा, बैंक नियमन विभागका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेल र कृषि विकास बैंक लि.का […]


नेपाल इन्स्योरेन्सको सिईओमा विजय शाह नियुक्त

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सिईओ)मा विजय शाह नियुक्त भएका छन् । इन्स्योरेन्सको संचालक समितिको बैठकले शाहलाई सिइओमा नियुक्त गरेको हो । शाहले यही साउन ९ गतेदेखि आफ्नो कार्यभार सम्हाल्नेछन् । यसअघि, शाह एनएलजी इन्स्योरेन्समा सिईओ थिए । 


नेपाल क्लियरिङ्ग हाउसको सञ्चालक समितिमा भरतराज ढकाल नियुक्त

नेपाल क्लियरिङ्ग हाउसको सञ्चालक समितिमा मुक्तिनाथ विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकाल नियुक्त भएका छन् । कम्पनीको असार १३ गते बसेको १०१औं सञ्चालक समितिको बैंठकले विकास बैंक समूहमा ढकाललाई नियुक्त गरेको हो । उनी डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालका अध्यक्ष समेत हुन् । यसअघि डेभलपमेन्ट बैंकर्सका तर्फबाट कृष्णराज लामिछानेले प्रतिनिधित्व गर्दै आएका थिए । […]


सांग्रिला डेभलपमेन्ट बैंकको अध्यक्षमा प्रा.डा. रविन्द्रप्रसाद श्रेष्ठ नियुक्त

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको अध्यक्षमा प्रा.डा. रविन्द्रप्रसाद श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको १८२औँ सञ्चालक समितिको बैठकले श्रेष्ठलाई अध्यक्षमा नियुक्त गरेको हो । यसअघि श्रेष्ठ सांग्रिला डेभलपमेन्ट बैंकमै सञ्चालकको रुपमा कार्यरत थिए । उनी वरिष्ठ अर्थोपेडिक सर्जन हुन् । साथमा उनी पोखराको गण्डकी मेडिकल कलेजका प्रिन्सिपल तथा प्रोफेसर समेत हुन् । यसका अलावा पनि उनी […]


अरुण फाइनान्सको सिईओमा विष्णु पाण्डे

अरुण फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा विष्णु पाण्डे नियुक्त भएका छन् । कम्पनीको गत जेठ ३ गते बसेको सञ्चालक समितिको बैठकले पाण्डेलाई आगामी चार वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको नेप्सेले जनाएको छ । उनले जेठ २२ गतेदेखि नै फाइनान्सको कार्यभार सम्हालिसकेका छन् ।


जनता बैंकको सिईओमा परशुराम कुँवर नियुक्त

जनता बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा बैंकर परशुराम कुँवर क्षेत्री नियुक्त भएका छन् । बैंक सञ्चालक समितिले बिहीबार चार वर्षका लागि कुँवरलाई नियुक्त गरेको हो । तात्कालिन ग्रान्ड बैंकबाट राजीनामा दिएपछि तीन बर्षदेखि बैंकिङ बाहिर रहका कुँवर जनता बैंकमा चौथो सिईओ हुन् । स्ट्यान्डर्ड चार्टर्ड (तात्कालिन ग्रिन्डलेज) बैंकबाट करिअर सुरु गरेका क्षेत्रीले वित्तीय क्षेत्र सुधार […]


सिद्धार्थ बैंकको कामु सीईओमा शम्भुनाथ गौतम नियुक्त

सिद्धार्थ बैंक लिमिटेडले शम्भुनाथ गौतमलाई कामु प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । तीन बर्ष कार्यकाल बाँकी छँदै सुरेन्द्र भणडारीले छाडेपछि सिद्धार्थ बैंकले गौतमलाई कामु सीईओको रुपमा नियुक्त गरेको हो । यसअघि उनी नायव प्रमुख कार्यकारी अधिकृत थिए ।


कुमारी बैंकको सीईओमा सुरेन्द्र भण्डारी नियुक्त

कुमारी बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुरेन्द्र भण्डारी नियुक्त भएका छन् । कुमारीको जेठ १९ गते बसेको सञ्चालक समितिको बैठकले भण्डारीलाई आगामी चार बर्षका लागि प्रमुख कार्यकारी अधिकृत नियुक्त गरको हो । यसअघि कुमारीको सीईओ राजिव गिरी थिए ।  भण्डारी यसअघि सिद्धार्थ बैंकमा सीईओ थिए । गत असारमा मात्रै सिद्धार्थले चार वर्षका लागि भण्डारीको […]


एनआईसी एसिया बैंकमा एकैपटक नियुक्त भए दुई सहायक सीईओ

एनआईसी एशिया बैंकले रोशनकुमार न्यौपाने तथा सुधिर पाण्डेलाई सहायक प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ ।   तत्कालिन बैंक अफ एशिया नेपालबाट बैंकिङ सेवामा प्रवेश गरेका न्यौपाने चार्टर्ड एकाउण्टेण्ट हुन्। करिब १० वर्षदेखि बैंकसँग आवद्ध उनी आन्तरीक लेखा परीक्षण विभागको विभागीय प्रमुखको रुपमा रहेका थिए ।   त्यसै गरी २०४६ सालमा नेपाल ग्रीण्डलेज बैंक लिमिटेडबाट […]