जनता बैंकले पायो नयाँ अध्यक्ष
जनता बैंकको सञ्चालक समिति अध्यक्षमा केशव बहादुर रायमाझी चयन भएका छन् । जनता बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले बैंकका संचालक केशव बहादुर रायमाझीलाई अध्यक्ष पदमा सर्वसम्मतीले चयन गरेको हो । बैंकका निवर्तमान अध्यक्ष उदय नेपाली श्रेष्ठले माघ १४ गते व्यक्तिगत कारण देखाउदै राजिनामा दिएका थिए ।
बीमा समितको अध्यक्षमा चिरञ्जीवि चापागाँई
बीमा समितको नयाँ अध्यक्षमा चिरञ्जीवी चापाँगाई नियुक्त भएका छन् । आगामी ५ बर्षे कार्यकालका लागि बीमा समितिको कार्यकारी अध्यक्ष पदमा चापागाँई नियुक्त भएका हुन् । शिंहदरवार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा गत बिहिबार बसेको मन्त्री परिषद्को बैठकले चिरञ्जीवि चापाँगाईलाई नियुक्त गरेको हो । बीमा समितिका निवर्तमान अध्यक्ष डा. फत्त बहादुर केसीको गत पुष ७ […]
नेपाल माइक्रोफाइनान्स बैंकर्स एसोसियसनको कार्यबाहक अध्यक्ष रामचन्द जोशीलाई तोकियो
लुघवित्त संस्थाहरुको छाता संगठन नेपाल माइक्रोफाइनान्स बैंकर्स एसोसियसनको कार्यबाहक अध्यक्षको जिम्मेवारी रामचन्द्र जोशीलाई तोकिएको छ । छिमेक लघुवित्त विकास बैंकका प्रमुख कार्यकारी अधिकृत जोशी यसअघि एसोसियसनको उपाध्यक्षको जिम्मेवारीमा थिए । एसोसियसनको नेतृत्व सम्हालिरहेका तत्कालिन अध्यक्ष धर्मराज पाण्डेले गत असोज १० गते नेपाल ग्रामिण विकास बैंक लिमिटेडबाट अवकास लिएसँगै जोशीले एसोसियसनको नेतृत्व सम्हाल्ने जिम्मेवारी पाएका हुन् […]
बैंकर्स संघको अध्यक्षमा अनिल शाह निर्वाचित : यस्तो छ कार्यकारीणी समितिको बनौट
२०७३।०८।०१ मा सम्पन्न नेपाल बैंकर्स संघको ३० औँ वार्षिक साधारणसभाले उपाध्यक्ष अनिल केशरी शाहलाई संघको अध्यक्षमा निर्वाचित गरेको छ । सोही सभाले कार्यकारीणी समितिका सदस्य ज्ञानेन्द्र ढुंगानालाई उपाध्यक्षमा नियुक्त गरेको छ । वर्तमान अध्यक्ष उपेन्द्र पौडेल र शाहको समेत पदावधि सकमप्त भएकाले ती पदहरु रिक्त भएका थिए । संघमा दुई जना उपाध्यक्ष रहने व्यवस्थाअनुसार अर्को […]
निक्षेप तथा कर्जा सुरक्षण कोषको अध्यक्षमा राजन खनाल
मन्त्रिपरिषद् बैठकले निक्षेप तथा कर्जा सुरक्षण कोषको अध्यक्षमा अर्थ मन्त्रालय, राजस्व सचिव राजन खनाललाई नियुक्त गर्ने निर्णय गरेको छ । यसैगरी बैठकले ख्वपः विश्वविद्यालयसम्बन्धी विधेयकलाई थप छलफलका लागि विधेयक समितिमा पठाउने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिए । सिंहदरबारमा शुक्रबार बसेको बैठकले सङ्घीय मामिला तथा स्थानीय विकास […]
आहलुवालियाको कार्यकाल सकियो : एभरेष्ट बैंकको नयाँ सिईओमा सोमेश्वर सेठ
एभरेष्ट बैंकको सिईओमा सोमेश्वर सेठ नियुक्त भएका छन् । एके आहलुवालियाको कार्यकाल सकिएपछि एभरेष्ट बैंकले पञ्जाव नेशनल बैंक (पिएनबी) का नायव महाप्रबन्धक सोमेश्वर सेठलाई नयाँ सिईओमा नियुक्त गरेको हो । एभरेष्ट बैंकमा पिएनबीको २० प्रतिशत सेयर छ । बैंकले प्रमुख कार्यकारी र डिजिएम पिएनबीबाटै ल्याउने गरेको छ ।
नेपाल क्लियरिङ हाउसको बोर्ड अध्यक्षमा पुनः भण्डारी
नेपाल क्लियरिङ हाउस लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा फेरि राजन सिंह भण्डारी नियुक्त भएका छन् । कम्पनीको बोर्ड बैठकले उनलाई सर्वसम्मत रुपमा बोर्डको अध्यक्ष पदमा पुर्ननियुक्त गरेको हो । सिटिजन्स बैंक इन्टरनेशनलका प्रमुख समेत रहेका भण्डारीको बोर्डको अध्यक्षको रुपमा यो दोस्रो कार्यकाल हो । भण्डारी बाहेक वाणिज्य बैंक समूहको तर्फबाट कम्पनीको सञ्चालक समितिमा उपेन्द्र पौडेल (प्रतिनिधि […]
एनएमबी बैंकका सीईओको कार्यकाल ३ महिना थपियो
एनएमबी बैंकले हालका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौड्यालको कार्यकाल ३ महिना थप गरेको छ । सञ्चालक समितिको बैठकले पौड्यालको कार्यकाल फागुन ३० गतेसम्मका लागि थप गरेको हो । सोही बैठकले चैत १ गतेदेखि नयाँ प्रमुख कार्यकारी अधिकृतमा हालका डेपुटी सीईओ सुनिल केसीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
एभरेष्ट बैंकको सीईओमा सोमेश्वर सेठ
एभरेष्ट बैंकले पञ्जाव नेशनल बैंक (पिएनबी) का नायव महाप्रबन्धक सोमेश्वर सेठलाई सीईओमा नियुक्त गरेको छ । एके आहलुवालियाको कार्यकाल सकिएपछि एभरेष्ट बैंकले कात्तिक १६ गतेबाट लागू हुने गरी सेठलाई सीईओमा नियुक्त गरेको छ हो । बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ)र डिजिएम पिएनबीबाटै ल्याउने गरेको छ । एभरेष्ट बैंकमा पिएनबीको २० प्रतिशत सेयर छ । नेशनल […]
राष्ट्र बैंकको प्रवक्ताबाट हटाइए पंगेनी, नयाँ प्रवक्तामा पौडेल
नेपाल राष्ट्र बैंकले प्रवक्ताको जिम्मेवारी सम्हालिरहेका त्रिलोचन पंगेनिलाई सो जिम्मेवारीबाट मुक्त गरेको छ । पंगेनीको ठाउँमा राष्ट्र बैंकले सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक नारायण पौडेललाई प्रवक्ता बनाएको छ । प्रवक्ता तोकिएका पौडेल झण्डै तीन दशकयता राष्ट्र बैंकमा कार्यरत कर्मचारी हुन् । अर्थशास्त्रका विज्ञ पौडेलले नेपालबाट व्यवस्थापन, अर्थशास्त्र र वेलायतबाट वित्त व्यवस्थापनमा स्नातकोत्तर गरेका छन् । […]