Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ मुभमेन्ट

सिद्धार्थ बैंकको सिईओमा गौतम नियुक्त

२०७४ श्रावण २६ गते

सिद्धार्थ बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा शम्भुनाथ गौतम नियुक्त भएका छन् । बैंक संचालक समितिको बुधबार बसेको बैठकले गौतमलाई विहीबार (आज)देखि लागू हुनेगरी बैंकको आगामी कार्यकालका लागि सिईओ नियुक्त गरेको हो ।

 यसअघि सिद्धार्थ बैंकमै डेपुटी सीईओको रुपमा कार्यरत गौतमलाई बैंकको जेठ २२ गते बसेको सञ्चालक समितिको बैठकले कामु सिईओ नियुक्त गरेको थियो । 

तत्कालीन सिइओ सुरेन्द्र भण्डारीले राजीनामा दिएर कुमारी बैंकतिर लागेपछि सिद्धार्थ बैंकमा सिईओको पद रिक्त रहेको थियो ।