Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ मुभमेन्ट

एनआईसी एशिया क्यापिटलको सिईओमा झनकराज ढुंगेल नियुक्त

२०७४ आश्विन २३ गते

एनआईसी एशिया क्यापिटल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा झनकराज ढुंगेल नियुक्त भएका छन् । कम्पनीको ३४औं संचालक समितिको बैठकले ढुंगेललाई सिईओमा नियुक्त गरेको हो । 

विगत २३ वर्षदेखि नेपालको वित्तीय क्षेत्रमा कार्यरत ढुंगेल अरनिको विकास बैंकमा प्रमुख कार्यकारी अधिकृत थिए । यसअघि एनआईसी एशिया क्यापिटलका सिइओ रामचन्द्र खनाल थिए ।