एनएमबि माइक्रोफाइनान्सको सीईओमा तिर्थरत्न कोनाजो
एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको पदमा तिर्थरत्न कोनाजो नियुक्त भएका छन् । कोनाजोले उक्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय पोखरा २९, हेम्जा कास्कीमा आयोजित एक स्वागत कार्यक्रमकाबीच बुधवार पदभार ग्रहण गरे । वित्तीय संस्थाको संचालक समितिले उनलाई आगामीदुई वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा चयन गरेको हो । वित्तीय संस्थामा करीव १ महिना प्रमुख […]
लगानी बोर्डको सदस्यमा शर्मा
लगानी बोर्डको सदस्यमा नेपाल उद्योग परिसंघ (सिएनआई) का अध्यक्ष हरिभक्त शर्मा नियुक्त भएका छन् । हालै बसेको लगानी बोर्डको बैठकको निर्णयअनुसार उनी बोर्डको सदस्यमा नियुक्त भएका हुन् । उनी व्यवसायिक रुपले उद्योगपति भएपनि पूर्वाधार विकास, औद्योगिकीकरण र समष्ठिगत अर्थतन्त्रका बारेमा गहन अध्ययन गर्ने प्राज्ञिक व्यक्तित्वको रुपमा पनि परिचित छन् ।
हाम्रो विकास बैंकका सीईओ ढकालले दिए राजीनामा, नयाँ सीईओमा कँडेल नियुक्त
हाम्रो विकास बैंकका सीईओ कपिल ढकालले राजीनामा दिएका छन् । बैंक सञ्चालम समितिको सोमबार बसेको बैठकले आगामी साउन ७ गतदेखि लागू हुने गरी सीईओ ढकालको राजीनामा स्विकृत गरेको बताइएको छ । सोही बैठकले पारसराज कँडेललाई नयाँ सीईओमा नियुक्त समेत गरेको छ । क्षेत्रीयस्तरको विकास बैंकको रुपमा वित्तीय कारोबार सञ्चालन गर्दै आएको बैंकको चुक्ता पुँजी १२ […]
राष्ट्रिय वाणिज्य बैंकको का.मु. नायव सीईओमा वैद्य र पाण्डे
राष्ट्रिय वाणिज्य बैंकले महाप्रवन्धकद्वय विष्णु प्रसाद वैद्य र भुपेन्द्र पाण्डेलाई का.मु. नायव प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ । बैंकको संचालक समितिले सो निर्णय गरेका हुन् । वैद्य र पाण्डेले गत बुधबारदेखि नै आफ्नो जिम्मेवारी सम्हालिसकेका छन् । […]
किन हटाइए नेपाल इन्स्योरेन्स कम्पनीका सीईओ ?
कम्पनीमा नियुक्त हुँदा दिइएको जिम्मेवारी पूरा गर्न नसकेको भन्दै नेपाल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदसँग व्यवस्थापन समितिले करार भङ्ग गरेको छ । सञ्चालक समितिको यही असार १७ गतेको बैठकले प्रमुख कार्यकारी अधिकृत साउदसँगको करार सम्झौता समाप्त गर्ने निर्णय गरेको बोर्ड सचिव चन्द्रनाथ उप्रेतीले जानकारी दिए । सञ्चालक समितिले उनलाई २०७१ साल माघमा चार […]
फस्र्ट माइक्रोफाइनान्सको निर्देशकमा उमेश कटुवाल
फस्र्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैङ्क लिमिटेडको निर्देशकमा उमेश कुमार कटुवाल नियुक्त भएका छन् । बैङ्कको आइतबार (असार १९ गते) सम्पन्न भएको सञ्चालक समितीको बैठकले सो निर्णय गरेको बताइएको छ । फस्र्ट माइक्रोफाइनान्स नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजतप्राप्त वित्तीय संस्था हो । बैङ्कले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा ३ करोड ८० लाख रुपैयाँ खुद मुनाफा आर्जन […]
एसबीआई बैंकको सञ्चालक समितिको अध्यक्षमा आचार्य
नेपाल एसबीआई बैंकको सञ्चालक समितिको अध्यक्षमा कर्मचारी सञ्चय कोषका प्रशासक कृष्ण प्रसाद आचार्य चयन भएका छन् । सोमबार बसेको बैंकको सञ्चालक समितिको बोर्ड बैठकले आचार्यलाई अध्यक्ष चयन गरेको हो । यस अघि बैंकको अध्यक्ष रहेकी हसनादेवी शर्मा कोषबाट सेवा निबृत्त भएपछि प्रशासक आचार्य नै बैंक सञ्चालक समितिका अध्यक्ष भएका हुन् । नेपाल एसबीआई बैंकमा […]
लुम्बिनी बैंकका सीईओले किन छोडे बैंक ?
लुम्बिनी बैंकका प्रमुख कार्यकारी अधिकृत शोभनदेव पन्तले बैंक छोडेका छन् । उनले आइतबार साँझ आफ्ना कर्मचारीहरुलाई ईमेल लेख्दै बैंक छाडेको जानकारी दिए । लुम्बिनीसँगको १० बर्षे यात्राबाट सोमबारदेखि अलग भएको ईमेलमा लेखेका छन् । लुम्बिनीमा कार्यकाल बाँकी छँदै सञ्चालक समितिलाई अब नबस्ने जानकारी गराएका थिए । उनकै आग्रहमा सञ्चालक समितिले पन्तलाई बाहिरिन अनुमति दिएको हो […]
सिद्धार्थ बैंकको सीईओमा पुनः भण्डारी
सिद्धार्थ बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्र भण्डारीको एक कार्यकाल थपिएको छ । बैंक सञ्चालक समितिले एक कार्यकाल पुरा गरिसकेका भण्डारीलाई नै अर्को कार्यकाल दिने निर्णय गरेको हो । उनी अबको एक कार्यकाल अर्थात् ४ वर्षसम्म सिद्धार्थ बैंकमा नै सीईओ भएर काम गर्नेछन् । सिद्धार्थ बैंकमा जानुअघि उनी कुमारी बैंकमा थिए ।