Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ मुभमेन्ट

कैलाश विकास बैंकको सिइओमा अमृतचरण श्रेष्ठ नियुक्त

२०७४ बैशाख ५ गते

कैलाश विकास बैंक लिमिटेडको संचालक समितिको बैठकले संचालक  नारायण प्रसाद पौडेललाई समितिको अध्यक्षपदमा  र अमृत चरण श्रेष्ठलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेकोछ । बैठकले  आगामी २०७४ जेष्ठ १४ गते देखि लागु हुने गरी चार वर्षको लागि अमृत चरण श्रेष्ठलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । हालका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेको दुई कार्यकाल मिति २०७४ जेष्ठ १३ गते समाप्त हुने भएपछि संचालक समितिले श्रेष्ठलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।