Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ मुभमेन्ट

एनएमबि बैंकको सीईओमा सुनिल केसी नियुक्त

२०७३ चैत्र १ गते

एनएमबि बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुनिल केसी नियुक्त भएका छन् । केसी आगामी चार वर्षका लागि एनएमबि बैंकको सीईओ नियुक्त भएका हुन् । चार महिनाअघि नै सीईओमा नियुक्त भएका केसीले आज(चैत्र १ गते, मंगलबार)देखि आफ्नो कार्यभार सम्हालेका हुन् । १७ बर्ष प्रमुख कार्यकारी अधिकृत रहेका उपेन्द्र पौडेलको अवकाससँगै केसीको कार्यकाल सुरु भएको हो ।

यसअघि केसी एनएमबी बैंकका नायव प्रमुख कार्यकारी अधिकृत थिए । २७ बर्षे बैंकिङ अनुभव भएका केसीले तत्कालीन ग्रिण्डलेज (हालको स्ट्यान्डर्ड चार्टर्ड) बैंकबाट करिअर सुरु गरेका हुन् । एनएमबी बैंकमा भने उनी सन् २००८ मा नायब महाप्रबन्धकको रुपमा छिरेका थिए । स्नातकसम्म विज्ञान पढेका केसीले एमबिए गरेका छन् ।