Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ मुभमेन्ट

नेपाल क्लियरिङ्ग हाउसको सञ्चालकमा अनिल केशरी शाह नियुक्त

२०७३ चैत्र २२ गते

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहलाई सञ्चालक पदमा नियुक्त गरेको छ । कम्पनीको ९९ औं सञ्चालक समितिको बैंठकले वाणिज्य बैंक समुहमा शाहलाई सञ्चालक पदमा नियुक्त गरेको हो । शाह हाल नेपाल बैंकर संघका अध्यक्ष समेत रहेका छन् । 

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंकका तर्फबाट एक जना, वाणिज्य बैंकका तर्फबाट तीन जना तथा  विकास बैंक, फाइनान्स कम्पनी र स्मार्ट च्वाइस टेक्नोलोजिजबाट क्रमशः एक÷एक जना गरि जम्मा सात जनाको प्रतिनिधि रहने व्यवस्था रहेको छ ।