मश्रेक बैंकको नेपाल सहायक प्रतिनिधिमा तारा मानन्धर

बैंकिङ खबर/दुबईको मश्रेक बैंकको नेपाल सहायक प्रतिनिधिमा तारा मानन्धर नियुक्त हुनुभएको छ । मश्रेक बैंकको नेपाल प्रतिनिधि हेमा अधिकारी रहनुभएकाे छ । अधिकारी पछि मानन्धर सेकेण्डम्यानमा नियुक्त हुनुभएको हो । मश्रेक बैंकको नेपाल सहायक प्रतिनिधि रहेका पृथ्वी श्रेष्ठको गत माघमा कोरोनाको कारण निधन भएपछि खाली रहेको थियो । यसअघि मानन्धर प्राइम कमर्सियल बैंकको एजिएम हुनुहुन्थ्यो


सिटिजन्स बैंकको स्वतन्त्र संचालकमा अनिल ज्ञवाली नियुक्त

बैंकिङ खबर । सिटिजन्स बैंकले स्वतन्त्र संचालकमा अनिल ज्ञवालीलाई नियुक्त गरेको छ । बैंकको मंगलबार बसेको ३६२ औं सञ्चालक समितिको बैठकले अनिल ज्ञवालीलाई आषाढ १ गते देखि लागू हुने गरी बैंकको स्वतन्त्र संचालकमा नियुक्त गरेको हो । उनीमा बैंकिंग क्षेत्रमा करिब साढे तीन दशक लामो अनुभव छ । सुदेश खालिङले राजीनामा दिएपछि रिक्त हुन गएको


एभरेष्ट बैंकको सिइओमा सुदेश खालिङ नियुक्त, पहिलोपटक नेपाली

बैंकिङ खबर/  एभरेष्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सुदेश खालिङ नियुक्त भएका छन् । बैंक सञ्चालक समितिले पहिलोपटक नेपाली नागरिकलाई सिइओमा नियुक्त गरेको हो । खालिङको नियुक्तिसँगै बैंकले स्थापनाको २५ वर्षमा पहिलोपटक नेपाली नागरिकको कार्यकारी नेतृत्व पाएको छ । यसअघि बैंकले भारतीय नागरिकलाई नै सिइओको जिम्मेवारी दिँदै आएको थियो । यसअघि ४ वर्षे


नेपाल बैंक सञ्चालक समितिका अध्यक्ष मधु मरासिनीद्वारा शपथ ग्रहण

बैंकिङ खबर । नेपाल सरकार, अर्थ मन्त्रालयको तर्फबाट सञ्चालक पदमा नियुक्त भई आएका मधु कुमार मरासिनीे नेपाल बैंकको सञ्चालक समितिको मिति २०७७/११/१० गते बसेको बैठकबाट सर्व सम्मत रुपमा सञ्चालक समितिको अध्यक्ष पदमा चयन भएका छन् । सञ्चालक समितिका नव नियुक्त अध्यक्ष मधु कुमार मरासिनीले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीबाट पद तथा गोपनियताको शपथ ग्रहण


नेपाल बैंकको सञ्चालक समिति अध्यक्षमा मधु मरासिनी नियुक्त

बैंकिङ खबर । नेपाल बैंकको सञ्चालक समिति अध्यक्षमा मधु मरासिनी नियुक्त भएका छन् । यसअघि बैंक सञ्चालक समितिको अध्यक्ष बासुदेव अधिकारीले राजीनामा दिएपछि मरासिनी नियुक्त भएका हुन् । उनीसँग अर्थ मन्त्रालयका सहसचिव र विश्व बैंकमा समेत काम गरेको अनुभव छ । उनी आर्थिक एवं प्रशासनिक कार्यमा अब्बल मानिन्छन् ।


महालक्ष्मी विकास बैंकको कामु प्रमुख कार्यकारी अधिकृतमा दिपेश लम्साल

बैंकिङ खबर । महालक्ष्मी विकास बैंकको कामु प्रमुख कार्यकारी अधिकृतमा दिपेश लम्साल नियुक्त भएका छन् । माघ २९ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सुम्पेको हो। विगत १२ वर्षदेखि महालक्ष्मी विकास बैंकमा कार्यरत लम्सालको २५ वर्षको बैकिङ्ग अनुभव रहेको छ।


सनराइज बैंकको सीईओमा सुमन शर्मा नियुक्त

बैंकिङ खबर । सनराइज बैंकको सीईओमा सुमन शर्मा नियुक्त भएका छन् । सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले मंगलबार सञ्चालक समितिका अध्यक्ष समक्ष राजीनामा बुझाए लगतै सनराइज बैंकले बुधबार सुमन शर्मालाई सीईओमा नियुक्ति गरेको हो। प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त भएका सुमन शर्माले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र तथा भौतिकशास्त्रमा स्नातकोत्तर डिग्री हासिल गरिसके पछि


सनराइज बैंकका सीईओ जनक शर्मा पौडेलले दिए राजीनामा

बैंकिङ खबर । सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले पदबाट राजीनामा दिएका छन् । शर्माले मंगलबार सञ्चालक समितिका अध्यक्ष समक्ष राजीनामा बुझाएका हुन् । ४ वर्षका लागि नियुक्त भएका शर्माले २ वर्ष कार्यकाल बाँकी रहदै राजीनामा दिएका हुन् । केही समय अघि बैंकमा बिवाद भएर बैंकको बिवाद नेपाल राष्ट्र बैंकसम्म पुगेर सुल्झिएको थियो


नेशनल लाईफ इन्स्योरेन्सको कामु सिईओमा खत्री नियुक्त

बैंकिङ खबर । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको सिईओ भरत बहादुर बस्नेतको पदावधी पुस ५ गतेबाट सकिएपछि नायब प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीलाई कामु सिईओमा नियुक्त गर्ने निर्णय गरीएको छ । पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले उहाँलाई कामु सिईओमा नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीको सिईओ भरत बहादुर बस्नेतको पदावधी पुस ५


समृद्धि फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा टिका निधि लोहनी

बैंकिङ खबर । समृद्धि फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा टिका निधि लोहनी नियुक्त भएका छन् । फाइनान्सको सञ्चालक समिति बैठकले निधीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । सञ्चालन समितिले उनलाई ४ वर्षका लागि नियुक्त गरेको छ ।


सन्तोष मैनाली बन्ने भए ब्रोकर्स एशोसिएसनका अध्यक्ष

बैंकिङ खबर । स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालको अध्यक्ष सन्तोष मैनालीलाई बनाउने सर्वसहमति भएको छ । बिहीबार निर्वाचन कार्यक्रम तोकिए तापनि स्टक ब्रोकरहरुले एसोसिएसनको नयाँ कार्यसमितिका निम्ति सर्वसहमति जुटाएपछि सन्तोष मैनाली अब स्टक ब्रोकर्स एसोसिएसनका नयाँ अध्यक्ष हुने भएका हुन् । यसैगरी हालका महासचिव धर्मराज सापकोटा उपाध्यक्ष र हालका कोषाध्यक्ष गुणनीधि भुसाल महासचिव हुने सहमति


लक्ष्मी बैंकको संचालक समिति अध्यक्षमा रमण नेपाल नियुक्त

बैंकिङ खबर । लक्ष्मी बैंकको अध्यक्षमा रमण नेपाल नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बैठकले नेपाललाई सञ्चालक समितिको अध्यक्षमा नियुक्त गरेको हो । नेपाल राष्ट्र बैंकबाट अवकासप्राप्त नेपालसँग बैंकवित्तको राम्रो अनुभव छ । नवनियुक्त अध्यक्ष नेपालले नेपाल राष्ट्र बैंकका गभर्नरसँग अनलाइन मार्फत पदको सपथ लिएका छन् । नागरिक लगानी कोषको कार्यकारी निर्देशकसमेत रहेका छन्


महालक्ष्मी विकास बैंकबाट कृष्णराज लामिछाने बाहिरीदै

बैंकिङ खबर । महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतबाट कृष्णराज लामिछानेले राजीनामा दिने भएका छन् । कार्यकाल बाँकी रहेको भएतापनि साउन १ गतेबाट लागू हुने गरी लामिछानेले राजीनामा माग गरेका हुन्। सञ्चालक समिति र लामिछानेबीच मतभेद बढ्दै गएपछि राजीनामाको माग आएको बुझिएको छ ।


मुक्तिनाथ क्यापिटलको सिईओमा कविन्द्रध्वज जोशी नियुक्त

बैंकिङ खबर ।  मुक्तिनाथ क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृतकमा कविन्द्र विक्रमध्वज जोशी नियुक्त हुनुभएको छ । आजमिति २०७७ जेष्ठ १ गते उहाँले मुक्तिनाथ क्यापिटलका अध्यक्ष सीताराम काफ्लेबाट पदभार ग्रहण गर्नु भएको छ । जोशी एनआईविएल एस क्यापिटलका महाप्रबन्धकको रुपमा कार्यरत हुनुहुन्थ्यो । वहाँले एनआइडिसि क्यापिटल, एस क्यापिटल, ग्रोमोर मर्चेन्ट बैंकिङ लगायत मर्चेन्ट बैकिङ क्षेत्रमा दुई दशकभन्दा


ज्योति विकास बैंकको सीइओबाट मनोज ज्ञवाली बाहिरिंदै

बैंकिङ खबर । ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृतबाट मनोज ज्ञवाली बाहिरिदैछन् । ४ वर्षे कार्यकालका लागि नियुक्त भएका उनी २ वर्ष बाँकी छँदै बैंकबाट बाहरिने निर्णयमा पुगेका हुन् । ज्ञवालीले बैशाख १५ देखि बैंक छाड्ने जनाइएको छ । चार्टर्ड एकाउन्टेन्स समेत रहेका ज्ञवालीसँग नेपाल राष्ट्र बैंकमा समेत काम गरेको अनुभव समेत छ ।