Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्की नियुक्त

२०८३ भाद्र ५ गते

बैंकिङ खबर / नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्की नियुक्त भएका छन्। मन्त्रिपरिषद्को बैठकले कार्कीलाई नागरिक लगानी कोषको कार्यकारी निर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको हो। कार्की यसअघि पनि नागरिक लगानी कोषको कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालिसकेका व्यक्ति हुन्। यसपटक भने उनी खुला प्रतिस्पर्धामार्फत कार्यकारी निर्देशक पदमा पुनः नियुक्त भएका हुन्।

कार्कीले नेपाल राष्ट्र बैंकमा करिब ३० वर्ष सेवा गरेका थिए। राष्ट्र बैंकमा कार्यकारी निर्देशकको जिम्मेवारीसमेत सम्हालेका उनी त्यस पदबाट सेवा निवृत्त भएका हुन्। राष्ट्र बैंकमा रहँदा उनले केन्द्रीय बैंकिङ, वित्तीय स्थिरता तथा वित्तीय बजार विश्लेषणलगायतका क्षेत्रमा काम गरेका थिए।राष्ट्र बैंकबाट अवकाश लिएपछि कार्कीले ग्रामीण विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का रूपमा समेत चार वर्ष जिम्मेवारी सम्हालेका थिए। शैक्षिक रूपमा कार्कीले त्रिभुवन विश्वविद्यालय तथा अष्ट्रेलियाको ग्रिफिथ युनिभर्सिटीबाट स्नातकोत्तर गरेका छन्। उनले केन्द्रीय बैंकिङ, वित्तीय स्थिरता र वित्तीय बजार विश्लेषणलगायतका विषयमा विभिन्न अन्तर्राष्ट्रिय तालिमसमेत हासिल गरेका छन्।नागरिक लगानी कोषको कार्यकारी निर्देशक पदका लागि पाँच जनाको नाम सर्टलिस्टमा परेको थियो। प्रतिस्पर्धात्मक प्रक्रियापछि कार्कीलाई कार्यकारी निर्देशकका रूपमा नियुक्त गर्ने निर्णय भएको हो। कार्कीको लामो बैंकिङ तथा वित्तीय क्षेत्रको अनुभव र यसअघि नागरिक लगानी कोषमा कार्यकारी निर्देशकका रूपमा काम गरिसकेको अनुभवलाई उनको नियुक्तिको महत्वपूर्ण आधारका रूपमा हेरिएको छ।