Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नबिल बैंकको नायब सीईओमा गणेशप्रसाद अवस्थी

२०८३ भाद्र ९ गते

बैंकिङ खबर / नबिल बैंकले गणेशप्रसाद अवस्थीलाई नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) को जिम्मेवारी दिएको छ। सोमबार बसेको बैंकको सञ्चालक समिति बैठकले अवस्थीलाई नायब सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। बैंकिङ क्षेत्रमा करिब २५ वर्षको अनुभव रहेका अवस्थीले लामो समयदेखि नबिल बैंकमै विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै आएका छन्। करिब ६ वर्षअघि ग्लोबल आइएमई बैंकबाट सहायक महाप्रबन्धकका रूपमा नबिल प्रवेश गरेका उनले त्यसयता बैंकको विभिन्न विभागमा रहेर काम गरेका थिए। व्यवस्थापन तथा अर्थशास्त्रमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका अवस्थीले हार्वर्ड बिजनेस स्कुलबाट रणनीति विषयसम्बन्धी कोर्ससमेत पूरा गरेका छन्।

बैंकिङ क्षेत्रमा विशेषगरी अपरेसन, जोखिम व्यवस्थापन र कर्जा व्यवस्थापनमा उनको अनुभव रहेको छ। नायब सीईओको नयाँ जिम्मेवारीसँगै अवस्थीको लामो बैंकिङ अनुभव र व्यवस्थापकीय दक्षता बैंकको सञ्चालन तथा आगामी व्यावसायिक रणनीति कार्यान्वयनमा उपयोगी हुने अपेक्षा गरिएको छ।