२०७४ आश्विन २७ गते

एनबिआईको अध्यक्षमा लक्ष्मी प्रपन्न निरौला नियुक्त

नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट (एनबिआर्इ)को अध्यक्षमा लक्ष्मी प्रपन्न निरौला नियुक्त भएका छन्। एनबिआर्इको विहिबार बसेको संचालक समिति बैंठकले निरौलालार्इ अध्यक्षमा मनोनित गरेको हो। उनी राष्ट्र बैंकका कार्यकारी निर्देशक हुन्।

एनबिआर्इ संचालक समिति सदस्यहरुमा एभरेष्ट बैंकका नायव महाप्रबन्धक राजीव जैन, लक्ष्मी बैंकका नायव महाप्रबन्धक सुमेद भट्टराई र रुरल माक्रोफाइनान्स डेभलपमेण्ट सेन्टरका नायव प्रमुख कार्यकारी अधिकृत रामदयाल राजवंशी नियुक्त भएका छन्। पूर्व बैंकर उपेन्द्र पौडेलको सदस्यता भने संचालक समितिमा यथावत राखिएको एनबिआर्इले जनाएको छ।