Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ मुभमेन्ट

शोभनदेव पन्तको आगमनले बैंक अफ काठमाण्डूलाई आशा बढायो

२०७४ भाद्र ४ गते

बैंक अफ काठमाण्डू लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा शोभन देव पन्तको नियुक्तिसँगै अब बैंक अफ काठमाण्डू अझ सबल भएर जाने अपेक्षा गरिएको छ । आइतबार (भदौ ४ गते)देखि आफ्नो कार्यभार साम्हालेका पन्त बैंकिङ क्षेत्र सुधारका हस्तीका रुपमा चिनिन्छन् । 

तत्कालिन लुम्बिनी बैंकमा सीईओ रहेका पन्त लुम्बिनी र बैंक अफ काठमाण्डू एकआपसमा गाभिएपछि बैंकिङ क्षेत्रबाटै बाहिरिएका थिए । यद्यपि, बैंक संचालन समितिले उनलाई पुनः सीईओ पदमा नियुक्त गरेपछि अब बिओकेले थप प्रगति गर्ने विश्वास लिइएको छ । उनले तीन दशकभन्दा लामो समय बैंकिङ क्षेत्रमा बिताइसकेका छन् । 

गत साउन महिनामा बिओकेका सिइओ अजय श्रेष्ठले राजिनामा दिएपछि उक्त पद रिक्त थियो ।