Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ मुभमेन्ट

कार्यकाल नसकिँदै एनआईसी एशिया बैंकका सीईओले दिए राजीनामा

२०७४ फाल्गुन २४ गते

बैंकिङ खबर । कार्यकाल नसकिँदै एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले पदबाट राजीनामा दिएका छन्। २०७३ जेठ ३ गते बैंकको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका रिसालले दुई वर्ष पुरा नहुँदै राजीनामा दिएका हुन् ।

बैंकिङ क्षेत्रमा २८ वर्षको अनुभव भएका रिसालसँग बीमा क्षेत्रमा समेत काम गरेको अनुभव छ। रिसालले सन् १९९० मा तत्कालिन नेपाल ग्रिन्डलेज बैंकबाट सहायक स्तरमा जागिर सुरु गरेका थिए। उनले एनआईसी एशिया बैंकमा लामो समय काम गरेका छन् । एनआईसी बैंक र बैंक अफ एशिया मर्ज भएर एनआईसी एशिया बैंक बन्नुभन्दा अघि नै उनले दुवै बैंकमा काम गरेका थिए ।