Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ मुभमेन्ट

नविल बैंकको सीईओमा अनिल केशरी शाह नियुक्त

२०७५ असार ८ गते

बैंकिङ खबर । नविल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा अनिल केशरी शाह नियुक्त भएका छन् । बैंक संचालक समितिको विहीबार (असार ७ गते) बसेको संचालक समितिको ४८८औँ वैठकले विहीबारदेखि नै लागू हुने गरी शाह लाई सीईओ नियुक्त गरेको हो । 

मेगा बैंक नेपाल लिमिटेडको सीईओ पदबाट अवकाश भएपछि शाह नविल बैंकमा डेपुटी सीईओको रुपमा कार्यरत थिए । छ महिनाको कुलियङ पिरियडसम्बन्धी व्यवस्थाका कारण उनलाई सुरुमा डेपुटी सीईओको रुपमा नियुक्त गरिएको थियो । अब कुलिङ पिरियड सकिएपछि उनलाई चाल वर्षे कार्यकालका लागि सीईओमा नियुक्त गरिएको हो ।