Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ मुभमेन्ट

गण्डकी विकास बैंकका नवनिर्वाचित अध्यक्षले गरे सपथ ग्रहण 

२०७५ असार ४ गते

गण्डकी विकास बैंक लिमिटेडका नवनिर्वाचित अध्यक्ष सुशिल गौचनले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठबाट सपथ ग्रहण गरेका छन् ।

गत जेठ २५ गते बसेको बैंकको दशौँ बार्षिक साभारण सभाले सुशिल गौचन, पद्म प्रसाद पौडेल, किशोर ओझा, नारायण बहादुर बानिया, कृष्ण बहादुर थापा र बासुदेव त्रिपाठीलाई संचालक पदमा निर्विरोध निर्वाचित गरेको थियो । त्यसपछि बसेको नवनिर्वाचित संचालकहरुको बैठकले सुशिल गौचनलाई बैंकको संचालक समितिको अध्यक्षमा सर्वसम्मत चयन गरेको थियो । 

बैंकको चुक्ता पूँजी दुई अर्ब ७५ करोड पुगेको छ । चुक्ता पूँजीको आधारमा गण्डकी विकास बैंक लिमिटेड नेपालको सबैभन्दा धेरैे चुक्ता पूँजी भएको विकास बैंक भएको छ । बैंकले नेपालको पूर्वदेखि  पश्चिमसम्म ६२ वटा शाखा संचालनमा ल्याएको छ भने थप १५ वटा शाखाहरु इसै आर्थिक वर्षभित्र संचालनमा ल्याउने तयारी गरेको छ ।