January 4th, 2019

रेमिटर्स एसोसिएसनको अध्यक्षमा सुमन पोखरेल निर्वाचित

बैंकिङ खबर । नेपाल रेमिटर्स एसोसिएसनको अध्यक्षमा सुमन पोखरेल निर्वाचित भएका छन् । एसोसिएसनको १३औं साधारणसभाले आईएमई लिमिटेडका पोखरेललाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । 

साधारणसभाले निर्वतमान अध्यक्षमा हुलास रेमिट्यान्स प्रा.लिका दिवाकर थापा, उपाध्यक्षमा सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रा.लिका चन्द्र टण्डन, महासचिवमा नेपाल रेमिट इ. प्रा.लिका रितेश मित्तल, कोषाध्यक्षमा सुर्य रेमिट प्रा.लिका संजय सिग्देल र सचिवमा आइपे रेमिट प्रा.लिका इन्द्र शर्मालाई निर्वाचित गरेको छ । त्यस्तै, सदस्यहरुमा हिमालयन बैंक लिमिटेडका युमा श्रेष्ठ, युनाइटेड रेमिट प्रा.लिका प्रविन अधिकारी र इजीलिकं प्रा.लिका दीपेन्द्र खनाल निर्वाचित भएका छन् । 

कार्य समितिको अध्यक्षमा चयन भएपछि संक्षिप्त प्रतिक्रिया दिँदै नवनिर्वाचित अध्यक्ष पोखरेलले रेमिट्यान्स क्षेत्रका समस्या समाधानमा आफ्नो नेतृत्व निरन्तर क्रियाशील रहने प्रतिवद्धता ब्यक्त गरे ।

सबै रेमिटेन्स कम्पनीहरू संगठित भई आफ्ना समस्याहरू सम्बन्धित निकायसम्म पुर्याउने उद्देश्यले बिक्रम सम्वत् २०६० मा नेपाल रेमिटर्स एसोसिएसनको स्थापना गरिएको थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]