Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ मुभमेन्ट

एनआईसी एशिया बैंकको डेपुटी सिइओमा सुुधिरनाथ पाण्डे नियुक्त

२०७५ मंसिर १८ गते

बैंकिङ खबर । एनआईसी एशिया  बैंकले आइतबार प्रमुख कार्यकारी अधिकृतमा रोसन कुमार न्यौपानेलाई नियुक्त  गरेको भोलिपल्ट सोमबार डेपुटी प्रमुख कार्यकारी अधिकृतमा सुुधिरनाथ पाण्डेलाई  नियुक्त गरेको छ । सोमबार बसेको बैंक सञ्चालक समिति बैंठकले पाण्डेलाई नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।  

२०४६ साल मंसिरमा तत्कालिन नेपाल ग्रीण्डलेज बैंक लिमिटेडबाट बैंकिङ करियर सुरु गरेका पाण्डेले विभिन्न बैंकहरु तथा एनआईसी एशिया बैंकको विभिन्न विभागहरुमा लामो समय देखि विभागीय प्रमुखको भूमिका कुशलतापूर्वक निर्वाह गर्दै आएका थिए ।