Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
बैंकिङ मुभमेन्ट

कृषि विकास बैंकको सिइओमा अनिल उपाध्याय नियुक्त 

२०७५ पुष ११ गते

बैंकिङ खबर । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा अनिल उपाध्याय नियुक्त भएका छन् । लीलाप्रकाश सिटौलाको कार्यकाल गत मंसिर २७ गते सकिएपछि प्रमुख कार्यकारी अधिकृतमा उपाध्यायलाई नियुक्त गरिएको हो । पूर्व डिजिएम समेत रहेका उपाध्यायलाई ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको हो । 

बैंकका प्रवक्ता हिमलाल पौडेलका अनुसार बैंकको प्रमुख कार्यकारी अधिकृतका लागि पहिलो चरणमा छनौट भएका अनिल उपाध्याय, कपीलमणि ज्ञवाली, पूर्णप्रसाद आचार्य, नरेशकुमार रोक्का र शंकर रायमाझीमध्ये बैंक संचालन कार्य योजनाका आधारमा उपाध्यायलाई सीइओ बनाउने संचालन समितिले निर्णय गरेको हो ।

कृषि विकास बैंकमा विगत ३० वर्षको लामो बैंकिङ अनुभव भएका उनी उक्त बैंकको पुर्व डिजिएम समेत हुन् । नवनियुक्त सीइओ उपाध्यायले यसअघि कृषि विकास बैंकको विभिन्न विभाग र तहमा बसेर काम गरेका थिए ।