बैंकिङ आजभोली : कहानी बैंक-बैंक को !


जुन हिसाबले बिगत २,३ बर्षमा बैंकिङको पूँंजी, व्यवसाय र शाखा संजाल विस्तार भयो यसले बैंक तथा बित्तीय संस्थाहरुमा बेग्लै होडबाजी ल्यायो । यो अवधीमा धेरै कुरा नौला भएर आए, केहि संस्था र कर्मचारीहरु अपवादका रुपमा रहे पनी समग्र बैकिङ को चित्र यस्तो रह्यो ।

१. कति बैंकमा बर्ष मै एउटा शाखामा ३,४ जना शाखा प्रबन्धक परिवर्तन भए, अली स्थापित भईनसकेका र नयाँ बैंकका कर्मचारीहरु ६,६ महिनामा पदोन्नति लिदै अरु संस्थाहरु तिर भागादौडमा लागे । अनुभव कम पद ठूलो संगै जिम्मेवारी बढि हुने स्थीती रह्यो ।

२. राष्ट्र बैंकका निर्दैशन र आन्तरिक निती नियम राम्ररी नबुझेरै कति बैकर शाखा प्रबन्धक त कति बिभागीय प्रमुख भैसके ।

३. २,३ बर्ष पनी बैकिङ अनुभब नभएका बैंकरलाई शाखा प्रबन्धक बनाएर कति शाखाहरु चले ।

४. कर्मचारी तानातान गर्ने बैकिङको नितीले ६,६ महिनामा जागीर परिवर्तन गर्ने कर्मचारी बढे अनी हामीहरुले नै प्रोत्साहित गर्यौं ।

५.बैंक ब्यबस्थापनलाई सबै भन्दा बढि चाप ब्यबसाय बिस्तार को पर्यो अनी quality मा compormise गरेर quantity बढाउने तर्फ ब्यबस्थापन अग्रसर भयो, नगरी सुखै नहूने स्थिति आयो ।

६. दिर्घकालीन रणनिती भन्दा चौमासिक चौमासिकको ब्यबसाय को प्रतिस्पर्धी होड नै बैंकिङको मुल लक्ष्य बन्यो, दिर्घकालीन लक्ष्य लिई अघि बढ्नु पर्छ, compliance र quality लाई focus गर्नुपर्छ भन्ने CEO हरुलाई बैंकिङमा टिक्न हम्मे हम्ने पर्यो भने कतिपय राम्रै छवी रहेका CEO हरुले बीच मै छोड्नु पर्यो ।

७. बैंकिङको performance indicator नै ब्यबसाय र नाफा बृद्दिलाई लिईयो । सफलताको मापन गर्ने कुरा त्यहि मात्रै भयो चाहे ब्यबस्थापन होस, संचालक समितिमा होस या पत्रकार मित्रहरुका लागी होस् ।

८. शाखा खोल्ने होडबाजी चलीरह्यो । बैकका कुनै शाखामा ३,४ महिना पछि ग्राहक जाँंदा सबै कर्मचारी नयां हुने सम्म भयो । जेनतेन २,४ बर्ष बैंकिङ गरेको बैकर खोजेर BMको जिम्मेवारी सुम्पेपछि अरु सबै Junior Assistant level का नौसिखिया बैंकरहरु राखी कति शाखा चले कति ।

९. कर्जा ग्राहकहरुलाई ८%,५% को ब्याज १४ %, १५% पुर्याउदा पनी उनी चुप लागीरहे । बैंकरहरुले ब्याज बढाईरहे । पुगेन भनेर अली ब्याज घटाएर सर्भिस चार्जको रुपमा सहकारीको भन्दा बढि दरमा बैकिङले असुलीरह्यो, कर्जा ग्राहकहरु निरिह भई तिरिरहे । बैंकिङले नाफा हेर्यौ, customer care र banking ethics चै website को core values मै सिमित रहे ।

१०. ब्यबसाय बृद्दि र नाफाको यो प्रतिस्पर्धाले बैंकीङले ग्राहक हित कतै बिर्सियो त कतै बैकिङ ethics त कतै निती निर्दैशनका loopholes हरुलाई प्रयोग गर्यो । धेरै संस्थाहरुको हकमा बैंकिङ सांच्ची कै आर्थीक समृद्दिको संवाहकको रुपमा भन्दा आफ्नै संस्था मुखीमात्रै हुदै गयो ।

११. बैंकले प्रविधीमा कति फड्को मार्यो ? आन्तरिक नियन्त्रण प्रणालीमा कति सुधार गर्यो ? निती बिधी र अनुपालनलाई कति महत्व दियो भन्नु भन्दा पनी अर्को बैंकले यति गर्यो हामीले किन सकेनौ भन्ने चर्चा मै बिते कैयौ मिटिङहरु ।

१२. अर्को बैंक तथा बित्तीय संस्थाले जे उचयमगअत ल्यायो, हामीले किन नल्याउने ? उस्ले यो product ल्यायो, हामीले किन नल्याउने ? उस्ले यो technology लाई adopt गर्यो हामी किन नगर्ने। बस देखासिकी र प्रतिस्पर्धा मै धेरै काम भयो आफ्नो जरुरत र related risk analysis भन्दा ।

१३. तरलता अभाब कायम रहिरह्यो । नियमनकारी निकायका अधिकारीको मौखिक निर्देशनमा सहमति गरेका नयाँ बैंकहरुलाई आफ्नो निक्षेप बचाउन हम्मे हम्मे भैरह्यो । पुराना र स्थापित बैंकहरुको निक्षेपमा ब्याजदर र नयांँ बैकहरुको एउटै हुदा पनी नया बैकहरु भद्र बनीरहे । ब्यापार नबढ्ने, स्प्रेड घटाउनु पर्ने, संचालन खर्च बढ्ने संगै कर्जा अलीकति बिग्रीदासाथ मुनाफा घट्यो अनी अर्को किचकिच शुरु ।

१४. बैकिङ कसुरले आफ्नो असर नराम्रैसंँग देखायो । जाली धितोमा गएको कर्जामा हस्ताक्षर गर्ने जतिको कि त भागाभाग कि त जेल बसाई हुने नियम बनाई कार्यन्वयन गर्दा जाली हरु भाग्ने ठगीने बैंकर जेल जाने अवस्था भयो । यसै डरले कति जालसाजलाई त बैंकरहरुले कारबाहि गर्न छोडी आफै मिलेर हिसाब मिलान सम्म गर्नु पर्ने अवस्था आयो ।
१५. क्षेत्रीय स्तरका संस्थाहरुलाई स्थापित हुन अझै गाह्रो भयो । ’बिग मर्जर’ को असर खासै नदेखियता पनी ’ स्माल मर्जर’ हरु भईरहे । संस्थाहरु घटिरहे ।

१६. शाखा बिस्तारले गर्दा staff turnover एकदमै बढ्यो। चाहिने भन्दा कम कर्मचारीले चलेका शाखाहरुमा नजानेर या नसकेर core banking software को username र password शेयर गरी कारोबार कति भए कति। dual key मा रहनु पर्ने valut को दुईटै चाबी एउटै स्टाफले बोकेर चलाउनु पर्ने स्थीती कति शाखामा रह्यो ।

१७. व्याबसायिक कर्जाहरु renewal हम्मे हम्मे भयो । वित्तीय बिवरणमा एकरुपता र कर तिरेको विवरणसंग मिलानको कारण ।

१८. नियमनकारी निकायका निर्देशन र फर्मुलाहरु हेरफेर छिटो छिटो भईरहे ।

१९. ट्रेनिङ एण्ड डेभलेपमेण्टमा खर्च राम्रै बढ्यो तर खर्च अनुसारको क्षमता र दक्षता बृद्दि कर्मचारीहरुमा बढेको देखिएन ।
२०. NFRS अनुसार तयार पारिएका वित्तीय बिवरणहरु गकभच हरुलाई बुझ्न हम्मे हम्मे पर्यो ।

हो यो ३,४ बर्षमा बैंकिङले ऐतिहासीक फड्को मारेको छ । ८ दशकको बैंकिङ ईतिहासमा यो ३,४ बर्षको पूँजी बृद्दि, ब्यापार बृद्दि, शाखा बृद्दि हेर्यो भने यो ३,४ बर्ष एकातिर अनी बाँकी पुरै अबधी अर्को तर्फ राख्दा पनी यो ३,४ बर्ष भारी पर्छ । तर हामीले बिर्सिनु नहूने कुरा भनेको व्यबसाय बृद्दि तथा नाफा बृद्दि सँंगै बैंकिङ जोखिम पनी त्यहि अनुपातमा बृद्दि हुने सम्भावना रहन्छन् । बेलैमा चनाखो हुन सकियो भने नोक्सानी कम हुन्छ । अहिले सम्म भएका छुटफुट घटना बैंकिङको लागी त्यति चिन्ताको बिषय नहोलान् तर यी घटनाहरुलाई हामी ठूलो संभावित जोखिमका पुर्व जनाउ घण्टिका रुपमा लिनु पर्छ । विश्व कै सातौं ठूलो प्राईभेट बैक Bank of Credit and commerce International, जसको 78 देशमा शाखा संजाल थियो र $20 billion भन्दा बढि सम्पत्ती थियो मात्रै money laundering र financial crime लाई नियन्त्रण गर्न नसकि liquidation मा गयो। पैसा डुबे पछि ग्राहक र लगानीकर्ताहरुले नियमनकारी निकाय Bank of England बिरुद्द समेत मुद्दा हाले। बैंकिङले दिर्घकालीन लक्ष्य लिई ब्यवसाय गर्नुपर्छ अनी ethical बैंकिङमा focus हुनुपर्छ। बैंकिङ व्यबसायमा बिभिन्न जोखिम छन र कोशीस गर्दा गर्दै पनी बैंकहरुले नोक्सान बेहोर्नु पर्ने हुनसक्छ तर सचेत रहनु पर्दछ। बैंकिङको मूल लक्ष्य आर्थिक समृद्दिको support system को रुपमा स्थापित हुनुपर्छ, व्यापार र मुनाफा आउदै गर्छ । नियमनकारी निकाय ले निर्दैशन गरे भन्दा पनी माथी सोचेर आफ्नो संस्थाको जोखिम मुल्याङ्कन गरी समय मै तथोचित जोखिम व्यवस्थापनका बिधीहरु अबलम्बन गर्न सकिएन भने बैकिङमा जालसाजी अझै बढ्ने, सम्पत्तीको गुणस्तर घट्दै जाने हुनसक्छ जसको कारण बैंक नै बन्द हुने र ग्राहक तथा शेयरधनीले लगानी गरेको पैसा समेत फिर्ता नपाउने हुन सक्छ । यसैले बैकिङको साख बचाईराख्ने कुरामा बेलैमा चिन्तनशील हुनु पर्ने देखिन्छ ।

-मनोज ज्ञवालीको निजि फेसबुकबाट लिइएको सामाग्री