Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
मुख्य

शाखा विस्तारमा बैंकहरु आक्रमक बन्दै, ५६ प्रतिशत स्थानीय तहमा पुग्यो पहुँच

२०७५ जेष्ठ ४ गते

बैंकिङ खबर । वाणिज्य बैंकहरुले शाखा विस्तारको क्रमलाई आक्रामक ढंगले अघि बढाएका छन् । संघीयता कार्यान्वयनको क्रममा गठन भएका ७५३ स्थानीय तहहरुमध्ये ४२४ स्थानीय तहमा बाणिज्य बैंकहरुको उपस्थिती पुगेको छ । यो तथ्यांक गत चैत्र मसान्तसम्मको हो । 

नेपाल राष्ट्र बैंकको चैत्र मसान्तसम्मको विवरण अनुसार, प्रदेश नं. १ मा वाणिज्य बैंकका सबैभन्दा धेरै शाखा पुगेका छन् भने प्रदेश नं. ५ सबैभन्दा कम पाइएको छ । प्रदेश नं.का १३७ स्थानीय तहहरुमध्ये, ८२ वटा वाणिज्य बैंकको उपस्थिती रहेको छ । प्रदेश नं. ६ मा ७९ स्थानीय तह रहेकोमा ३० वटामा बैंक पुगेका छन् ।

यसबाहेक, प्रदेश नं. २ का १३६ स्थानीय तहमध्ये ७१ वटामा, प्रदेश नं. ३ का ११९मध्ये ७६ स्थानीय तहमा, प्रदेश नं. ४ का ८५ मध्ये ५५ वटामा, प्रदेश नं. ५ का १०९मध्ये ७४ वटामा र प्रदेश नं. ७ का ८८ स्थानीय तहमध्ये ३६ वटामा वाणिज्य बैंकहरुको शाखा विस्तारित भइसकेका छन् । 

फागुन मसान्तमा ३९४ वटा स्थानीय तहमा मात्रै बैंक पुगेकोमा चैत्र महिनामा मात्रै ३० शाखा थपिएका छन् । वैशाखा लागेपछि बैंकहरुले शाखा विस्तारलाई अझ तीव्र गति दिएका छन् । राष्ट्र बैंकले असार मसान्तसम्ममा सबै स्थानीय तहमा बैंकको उपस्थिती पुग्ने दाबी गरिरहेको छ । वाणिज्य बैंकहरुले पनि पूर्वाधार नभएको स्थानीय तहमा शाखा संचालन गर्न कठिनाई हुने भन्दै न्युनतम पूर्वाधार उपलब्ध हुने स्थानीय तहहरुमा धमाधम शाखा संचालनमा ल्याइरहेका छन् ।