Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ संक्षेप

नेपाल आँखा अस्पताललाई सिद्धार्थ बैंकको सहयोग

२०७३ पुष २१ गते

सिद्धार्थ बैंक लिमिटेडले नेपाल आँखा अस्पताल, त्रिपुरेश्वरलाई आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले आर्थिक अवस्था कमजोर भएका १५ जना मोतिबिन्दुका बिरामीको मोतिबिन्दुको शल्यक्रियाका लागि आवश्यक आर्थिक सहयोग प्रदान गरेको हो । सो सहयोग रकम बैंकका नायब महाप्रबन्धक रामेश्वर प्रसाद बस्यालले उक्त अस्पतालका प्रमुख कार्यकारी अधिकृत दमन बहादुर घलेलाई हस्तान्तरण गरे । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा सो सहयोग प्रदान गरेको जनाएको छ ।