December 20th, 2016

२२ प्रतिशत बोनस सेयर पारित गर्न सगरमाथा इन्स्योरेन्सले बोलायो साधारणसभा

सगरमाथा इन्स्योरेन्स कम्पनीले आफ्नो २०औँ वार्षिक साधारणसभा पुस २७ गते गर्ने भएको छ । कम्पनीको गत शुक्रबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । सो साधारणसभाले २२ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले कर प्रयोजनका लागि १.१५७९ प्रतिशत नगद लाभांश पनि दिनेछ । 

सगरमाथाले गत आर्थिक वर्षको मुनाफाबाट उक्त लाभांश प्रस्ताव गरेको हो । गत आर्थिक वर्षमा कम्पनीले ३० करोड रुपैयाँ नाफा गरेको थियो । हाल सगरमाथा इन्स्योरेन्सको चुक्तापुँजी ४० करोड रुपैयाँ छ । २२ प्रतिशत बोनस सेयर वितरण गरेपछि कम्पनीको पुँजी ४८ करोड ८० लाख रुपैयाँ पुग्नेछ ।