Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

नेपाल लाइफले बीमा शुल्क आर्जनमा नयाँ इतिहास रच्यो, १३ अर्ब रुपैयाँ नाघ्यो

२०८३ श्रावण ३ गते

बैंकिङ खबर/ नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षमा प्रथम बीमा शुल्क आर्जन १३ अर्ब रुपैयाँभन्दा बढी पुर्‍याउँदै नेपालको जीवन बीमा क्षेत्रमै नयाँ कीर्तिमान कायम गरेको जनाएको छ। कम्पनीका अनुसार यो उपलब्धिसँगै नेपाल लाइफले जीवन बीमा उद्योगमा आफ्नो अग्रणी स्थानलाई थप मजबुत बनाएको छ।कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार प्रथम बीमा शुल्क आर्जन १३ अर्ब रुपैयाँ नाघ्नु नेपाली जीवन बीमा इतिहासकै महत्वपूर्ण उपलब्धिमध्ये एक हो। कम्पनीले ग्राहकको बढ्दो विश्वास, देशव्यापी सेवा सञ्जाल, नवीन बीमा योजना तथा डिजिटल प्रविधिको प्रभावकारी प्रयोगका कारण यस्तो सफलता हासिल भएको जनाएको छ।

नेपाल लाइफले विगत केही वर्षदेखि बीमा सेवा विस्तारलाई प्राथमिकतामा राख्दै देशभर आफ्ना शाखा तथा उपशाखामार्फत सेवा प्रवाह गर्दै आएको छ। कम्पनीले बीमा सचेतना अभिवृद्धि, ग्राहकमैत्री सेवा, छिटो दाबी भुक्तानी तथा प्रविधिमैत्री सेवामा निरन्तर सुधार गर्दै आएकाले नयाँ व्यवसाय विस्तारमा उल्लेखनीय सफलता प्राप्त भएको जनाएको छ।कम्पनीका अनुसार बीमा क्षेत्रमा बढ्दो प्रतिस्पर्धाबीच पनि ग्राहकको विश्वास कायम राख्दै नयाँ बीमालेख बिक्रीमा उल्लेखनीय वृद्धि भएको छ। यसले कम्पनीको व्यवसाय विस्तारसँगै जीवन बीमाप्रति सर्वसाधारणको आकर्षण पनि बढ्दै गएको संकेत गरेको छ।नेपाल लाइफले डिजिटल माध्यमबाट बीमा सेवा विस्तार, ग्राहकलाई सहज सेवा उपलब्ध गराउने प्रणालीको विकास तथा बीमा अभिकर्ताको क्षमता अभिवृद्धिमा समेत निरन्तर लगानी गर्दै आएको जनाएको छ। कम्पनीले आगामी दिनमा पनि गुणस्तरीय सेवा, नवीन बीमा योजना तथा प्रविधिमा आधारित सेवामार्फत जीवन बीमा क्षेत्रमा आफ्नो नेतृत्वलाई अझ सुदृढ बनाउने लक्ष्य लिएको जनाएको छ।जीवन बीमा उद्योगको विकाससँगै बीमाप्रतिको जनविश्वास बढाउनु आफ्नो प्रमुख उद्देश्य रहेको कम्पनीले उल्लेख गरेको छ। आगामी दिनमा पनि ग्राहकको आवश्यकता अनुसार नयाँ बीमा योजना ल्याउने, सेवा विस्तार गर्ने तथा बीमा पहुँचलाई देशभर थप प्रभावकारी बनाउने रणनीति कम्पनीले अघि सारेको जनाएको छ।