रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टर लिमिटेडले विभिन्न पदका लागि ४ जना कर्मचारी माग गरेकोमा आवेदन दिने मिति आज (सोमबार) सकिँदैछ । कम्पनीले वरिष्ठ सहायक (कम्प्यूटर÷सूचना प्रविधि)का लागि १ जना र सहायकमा ३ जना कर्मचारी माग गरेको छ । यसबाहेक, विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले यतिबेला कर्मचारी माग गरिरहेका छन् ।
नविल बैंक
नविल बैंकले सेक्युरिटी कन्सल्टेन्ट माग गरेको छ । बैंकले बैंकको सेक्युरिटी व्यवस्थापन पक्षको सम्पूर्ण जिम्मेवारी सम्हाल्न सक्ने नेपाली नागरिकको दरखास्त आह्वान गरेको हो । नेपाल प्रहरी, नेपाल आर्मी, सशस्त्र प्रहरी बल, इन्डियन आर्मी या व्रिटिश आर्मीबाट सुपरइन्टेन्डेन्ट अथवा कर्नेल रही काम गरेर अवकाशप्राप्त ६० वर्ष उमेर नपुगेका, कम्प्युटर बारे जानकारी भएको, अंग्रेजी र नेपाली भाषा जानेको र सीसीटीभी, आलर्म सिस्टम जस्ता सेयुरिटी ग्याजेटहरु ह्यान्डल गर्न सक्ने नेपाली नागरिकलाई २१ सेप्टेम्बर अर्थात असोज ५ गते साँझ ५ बजेभित्रमा वायोडाटा र निवेदन खबअबलअथ२लबदष्दिबलप.अयm मार्फत पठाउन आह्वान गरिएको छ ।
एनएमबी बैंक
एनएमबी बैंकले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ । बैंकले केही संख्यामा मेनेजमेन्ट प्रशिक्षार्थी, रिलेसनसिप मेनेजर, एसिस्टेन्ट रिलेसनसिप मेनेजर, अपरेसन इनचार्ज र ब्रान्च मेनेजर माग गरेको हो । इच्छुक तथा बैंकले तोकेबमोजिम योग्यता पुगेका उम्मेदवारले असोज ९ गतेभित्र बैंकमा सम्पर्क गरिसक्नुपर्नेछ ।
छिमेक लघुवित्त
छिमेक लघुवित्त विकास बैंकमा जागीर खुलेको छ । कम्पनीले केही संख्यामा सहायक ईकाई प्रबन्धक माग गरेको हो । व्यवस्थापन तथा वाणिज्य शास्त्र विषयमा प्रविणता तह द्धितीय श्रेणीमा उतीर्ण, ग्रामीण भेगमा रहेर काम गर्न इच्छुक तथा कम्प्युटर तालिमप्राप्त नेपाली नागरिकले असोज १० गतेभित्रमा आवेदन बुझाइसक्नुपर्ने छ ।
नेपाल एग्रो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड
नेपाल एग्रो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले केही संख्यामा शाखा प्रमुख र कनिष्ठ सहायक (प्रशिक्षर्थी) माग गरेको छ । पोखरामा केन्द्रीय कार्यालय रहेको कम्पनीले हालसम्म रहेका र निकट भविष्यमै स्थापना गर्न लागिएका शाखा कार्यालयहरुका लागि कर्मचारी माग गरेको हो । इच्छुक तथा कम्पनीले तोकेबमोजिम योग्यता पुगेका उम्मेदवारले आगामी असोज १३ गतेभित्रमा निवेदन दिइसक्नुपर्नेछ ।
राष्ट्रिय वाणिज्य बैंक
राष्ट्रिय बाणिज्य बैंकमा विभिन्न पदमा २४९ जनाका लागि जागिर खुलेको छ । बैंकले प्रशासन अन्तर्गत ६ तहको सहायक प्रबन्धकमा ६९ जना कर्मचारी माग गरेको छ । यो पदका लागि आवेदन दिन अर्थशास्त्र वा ब्यवस्थापन संकायमा स्नातकोत्तर उत्तिर्ण हुनु पर्नेछ । प्रशासन अन्तर्गत पाँच तहको वरिष्ठ सहायकका लागि १९ जना कर्मचारी माग गरिएको छ । यसका लागि व्यवस्थापन, अर्थशास्त्र वा वाणिज्यशास्त्रमा स्नातक उत्तिर्ण हुनुपर्ने बताइएको छ । यसैगरी बैंकले पाँच तहको वरिष्ठ सहायक (नगद) मा ५० जनाको दरखास्त आह्वान गरिएको छ । यसका लागि व्यवस्थापन, अर्थशास्त्र वा वाणिज्यशास्त्रमा स्नातक उतीर्ण हुनु पर्नेछ । यसैगरी बैंकले पाँच तहको वरिष्ठ सहायक (सुचना प्रविधि) का लागि ६ जना कर्मचारी माग गरेको छ । यसका लागि कम्प्युटर वा कम्प्युटर साइन्स वा कम्युनिकेशन वा सुचना प्रविध बिषयमा स्नातक उत्तिर्ण आवश्यक छ । बैंकले प्रशासन अन्तर्गत चार तहको सहायक पदका लागि ५५ जना कर्मचारी माग गरेको छ । चार तहको सहायक (नगद) का लागि पनि ५० जना कर्मचारी माग गरेको छ । यसका लागि प्लस टु उत्तिर्ण भएको हुनु पर्छ । फारम भर्ने मिति असोज २८ गतेसम्म रहेको छ ।



